लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Monday, February 25, 2013

On 7:59 AM by Mr Arghelo in    No comments
तिम्रो सुन्दरताको पछि लागेर भुल गरें
दिल नहुनेसँग दिल मागेर भुल गरें
माया माया भन्दै तड्पी तड्पी,
तिम्रो लागि समाजसँग भागेर भुल गरें

Monday, February 11, 2013

On 9:32 PM by Mr Arghelo in    No comments
परालको आगो न आगो न खरानी भो
तिमी संगको सम्झौता एकादेशको कहानी भो
लोप भएको मेरो मुस्कानको के कुरा
नुनिला आँसु पनि न रगत न पानी भो ।
On 9:31 PM by Mr Arghelo in    No comments
कहिलेकाँही तिम्रो यादमा उडिन्छ त म के गरुँ
सम्झनाका बाढिले ले मन कुडिन्छ त म के गरुँ

भुल्न खोज्ने कैयन प्रयासहरु गर्दा गर्दै पनि
पागलपनमा मुटु चुडिन्छ त म के गरुँ