लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Wednesday, March 27, 2013

On 6:05 PM by Mr Arghelo in    No comments
आँखाको धुलोले
आँखाभित्र बाटै लात हान्दै
परेलीलाई भन्यो
"छिटो ढोका खोल्
मलाई बाहिर निस्किन दे
तेरो आँखामा त
आँसुको सागर नै रहेछ ।" 

Sunday, March 24, 2013

On 8:44 PM by Mr Arghelo in    1 comment
एउटा सुन्दर फुल हेर्छु झनै हेर्न मन लाग्छ
रगतले उसकै नामको भाग्य केर्न मन लाग्छ

झस्किन्छ मन सपनाका स्वैरकल्पना भंग हुँदा
अरु बाट लुकाउन संसार घेर्न मन लाग्छ

एउटा काले तर दिल बाले उसका लागि भारी होला
तर उसकै प्यारो हुन रुप फेर्न मन लाग्छ

खोज्छन आँखा चारै तिर उसकै यादमा प्यासिन्छ मन
हरेक पल उसैलाई नै मनमा बेर्न मन लाग्छ ।

-अर्घेलो थापा

Wednesday, March 20, 2013

On 12:47 AM by Mr Arghelo in    1 comment
म हराएको दिन 
तिमी मुस्कुराउने छौ
किनकी
मैले तिमीलाई घायल पारेको छु
एक अर्थमा भनम् भने
कायल पारेको छु
तिम्रो सुन्दर मुहार तिम्रो लागि
दुस्मन भयो
त्यो फरफराउने केश नहुदो हो तो
मृगनयनी आँखा नहुँदा हुन त
तिमी सँग मिलन नहुदो हो तो
सायद मलाई
फेरि अर्को पटक्
मायाको अर्थ थाहा हुने थिएन
सोच्थेँ प्रेम एकपटक हुन्छ
तर मनले सिकायो
प्रेम पटक पटक हुन्छ
किनकि
तड्पिनु भन्दा
कल्पिनुमा शान्ती भेटेँ
छोडी जानेका लागि क्रान्ती भेटेँ
मलाई थाहा छ
म पागल हो
किनकि
नसक्ने फुल टिप्न खोजीरहेछु
मलाई थाहा छ
म स्वार्थी हो
किनकि अर्काको फूल टिप्न खोजिरहेछु
बिचित्रको माया
न चित्र छ
न त छाँया नै छ
छ त केबल पागलपन
संसार भुलाउने एउटा नशा छ
फेरी अर्को दिन
म कैले भेटिने छैन
तिम्रो मालीको मन रेटिने छैन
त्यो सुन्दर घर्
मायाको दरबार्
कति निश्चल होला
कति स्निग्ध होला
हो म हराउनेछु
एकान्तमा आशु झार्दै कराउनेछु
तिम्रो खुसीका लागि म पक्कै हराउनेछु
किनको म तिम्रो लागि
उसको लागि
अनि
सबैको लागि
अर्घेलो छु
अर्घेलो छु ।

-अर्घेलो थापा

Monday, March 4, 2013

On 11:11 PM by Mr Arghelo in    No comments
यदि म नरोएको भए तिमी हाँसेको हुन्थेन होला
वान्टेड बोर्डमा मेरो फोटो टाँसेको हुन्थेन होला
बिश्वासको अर्को रुप माया भन्थे दुनिया
बिश्वास नजन्मेको भए नक्कली माया गाँसेको हुन्थेन होला ।