लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Saturday, August 24, 2013

On 4:45 AM by Arghelo Thapa in    2 comments
गरिबको पेटमा पनि काश गास हुन्थ्यो भने
टन्न खान पाएको कुनै पल खास हुन्थ्यो भने

किन पो बन्नुपर्थ्यो शाकाहारी मन हुनेलाई
बोका, खसीको बधेको लाश हुन्थ्यो भने

सिरेटोले जन्माएका काँडा हराउँथे शरीरका
न्यानो बास र एकसरो कपास हुन्थ्यो भने

हाड मात्रै देखिने ज्यान पक्कै लाग्थ्यो होला
भकारीमा अन्नै अन्नको रास हुन्थ्यो भने

झुठा सपनाको खेती किन गरिबकै बारीमा ?
शोषकले बुझ्थे नेता गरिबको दास हुन्थ्यो भने

2 comments: