Sunday, January 26, 2014
On 1:51 AM by Arghelo Thapa in गजल No comments
काउकुती लगाइ लगाइ मार्छौ भन्ने डर भो
फकाएरै माया जालमा पार्छौ भन्ने डर भो
खुबै माया गर्छौ जस्तो नाटकीय पारा
साँच्चै प्रस्ताव राखें भने टार्छौ भन्ने डर भो
नयन जुधाइ, मुस्कुराइ कुस्ती खेलौं भन्छौ
जिते तिम्रो मन दुख्ला हार्छौ भन्ने डर भो
उत्ताउली छौ खाऊँ भन्छौ चुरोटसँग रम
रातमा तिम्रै घरतिर झार्छौ भन्ने डर भो
फकाएरै माया जालमा पार्छौ भन्ने डर भो
खुबै माया गर्छौ जस्तो नाटकीय पारा
साँच्चै प्रस्ताव राखें भने टार्छौ भन्ने डर भो
नयन जुधाइ, मुस्कुराइ कुस्ती खेलौं भन्छौ
जिते तिम्रो मन दुख्ला हार्छौ भन्ने डर भो
उत्ताउली छौ खाऊँ भन्छौ चुरोटसँग रम
रातमा तिम्रै घरतिर झार्छौ भन्ने डर भो
Monday, January 20, 2014
On 6:47 AM by Arghelo Thapa in कविता No comments
प्रिय,
मलाई हावामा उड्न देऊ
निदाएका छन् मेरा यौन ग्रन्थीहरू
सल्बलाएका छन् मेरा दिमागहरू
म खोज्दैछु बुद्धहरू
म खोज्दैछु वि.पीहरू
म खोज्दैछु महानायकहरू
बलात्कृत भएका आमाका सपनाहरू
तिमीसँगको सम्भोगले पूरा हुँदैनन्
सहिदले रोपेका बिजहरू
तिमीसँगको यौनेच्छाले हुर्किदैनन्
प्रिय,
मलाई हावामा उड्न देऊ
म खोज्दैछु जुनकीरीहरू
म खोज्दैछु माहुरीहरू
तिमी आतुर छौ सम्भोगका लागि
म आतुर छु परिवर्तनका लागि
तिमी ढल्न चाहन्छौ
म जल्न चाहन्छु
प्रिय,
मलाई हावामा उड्न देऊ
म खोज्दैछु देउताहरू
म खोज्दैछु शिक्षाका पाइलाहरू
आँखामा छचल्किरहेको तिम्रो यौवन
कसैको व्यग्र प्रतिक्षामा भौंतारिरहेछ
तर यता,
दिमागमा अल्झिरहेको विद्रोहको तरबार
सबैको परिवर्तनका लागि तड्पिरहेछ
प्रिय,
मलाई हावामा उड्न देऊ
म खोज्दैछु शान्तिहरू
म खोज्दैछु परिवर्तनहरू
म खोज्दैछु विकासहरू
ता कि,
निराशाको रेखामुनि बसेका छाँयाहरूले
शान्तिको सास फेर्न सकुन्
प्रेमको उल्लास हेर्न सकुन्
मलाई हावामा उड्न देऊ
निदाएका छन् मेरा यौन ग्रन्थीहरू
सल्बलाएका छन् मेरा दिमागहरू
म खोज्दैछु बुद्धहरू
म खोज्दैछु वि.पीहरू
म खोज्दैछु महानायकहरू
बलात्कृत भएका आमाका सपनाहरू
तिमीसँगको सम्भोगले पूरा हुँदैनन्
सहिदले रोपेका बिजहरू
तिमीसँगको यौनेच्छाले हुर्किदैनन्
प्रिय,
मलाई हावामा उड्न देऊ
म खोज्दैछु जुनकीरीहरू
म खोज्दैछु माहुरीहरू
तिमी आतुर छौ सम्भोगका लागि
म आतुर छु परिवर्तनका लागि
तिमी ढल्न चाहन्छौ
म जल्न चाहन्छु
प्रिय,
मलाई हावामा उड्न देऊ
म खोज्दैछु देउताहरू
म खोज्दैछु शिक्षाका पाइलाहरू
आँखामा छचल्किरहेको तिम्रो यौवन
कसैको व्यग्र प्रतिक्षामा भौंतारिरहेछ
तर यता,
दिमागमा अल्झिरहेको विद्रोहको तरबार
सबैको परिवर्तनका लागि तड्पिरहेछ
प्रिय,
मलाई हावामा उड्न देऊ
म खोज्दैछु शान्तिहरू
म खोज्दैछु परिवर्तनहरू
म खोज्दैछु विकासहरू
ता कि,
निराशाको रेखामुनि बसेका छाँयाहरूले
शान्तिको सास फेर्न सकुन्
प्रेमको उल्लास हेर्न सकुन्
Sunday, January 19, 2014
On 10:40 PM by Arghelo Thapa in लघु कथा No comments
नजिकैबाट धुँवाको मुस्लो मतिर धकेलेर बाइक मच्चियो । त्यो बाइकले मसँग बाइक नभएकोमा पछाडि फर्केर खिसी गर्दै झन कुदेजस्तो लाग्यो । सडक छेउमा साथी कुरेर बसेको मेरो दिमागमा एक्कासी रौद्र रसहरू जबरजस्ती हुलिए । आँखाहरु राता भए र उतै मोडिए जता भर्खरै बाइक गएको थियो । कसैलाई कुर्दा यत्तिकै दिमाग तात्ने । त्यसैमाथि बाइकले गिदी गर्दा कसको पो दिमाग तात्दैन र ? फरक्क फर्केर बाइक गएकोतिर हेरें । मेरो रिस एकैपटक शुन्य डिग्रीमा झरेछ किनकि नजिकै एउटी युवतीले मलाई हेरिरहेकी रहिछन् । खिस्स हाँसिन् र बाटोतिर फर्किन् । मेरा आँखाहरू भने उनका कोमल आँखामा गडेर हेरिरहेका थिए । म आँखालाई अन्तै मोड्न खोजिरहेको थिएँ तर आँखा म भन्दा पनि लोभी रैछन् । गुलाबी पाइन्ट थियो क्यारे । सुहाएको थियो । अलिकति कपालले गालामा चुम्बन गरिरहेको थियो मेरा आँखाले उनलाई चुम्बन गरेजस्तै । मेरो मनमा एक्कासी मायाका छालहरु नाचगान गर्न थाले । म मदहोस भएँ । मेरा नजरहरु उनीबाट हट्न पटक्कै मानिरहेका थिएनन् । गाडीका आवाजहरु यताउता भाग्दै थिए । म भने उनको आँखामा हेरिरहेको थिएँ । केटी भनेको चुम्बक रैछ । मेरो मन उनको एक हेराइमै उनीतिरै भाग्यो । म मुस्कुराएको थिएँ । उनले फेरि फर्केर हेरिन् । झन धेरै खुसीहरु जम्मा भएर मेरो मनभित्रै बाजा बजाउन थाले । मैले मायाको अनुभव गरें । प्रेमको अनुभूति गरें । उनले मलाई हेरेर खिस्स हाँसिन् र फेरि बाटोतिरै फर्किन् । सोंच्दैथे, अब नजिक जान्छु र फोन नम्बर माग्छु । सोंचले पूर्ण रुप लिन नपाउँदै एउटा बाइक युवतीको नजिक रोकियो । उनी खुसी भइन् र बाइकको पछाडि बसेर युवकको कम्मरमा च्याप्प समातिन् । एकाएक मनभित्र नाच्दै गरेका खुसीहरुले मौनधारण गर्न थाले । जिउ लुलो भयो । अलि पर पुगेर ती युवतीले पछाडि फर्केर हेरिन् । यतिखेर भने मेरो मनमा उनले हेर्दा खुसी लागेन । क्षितिजमा पुगुन्जेलसम्म मेरा आँखाहरुले उनकै पिछा गरिरहे । आफैले आफैलाई भनें – बिचरा म ।
Wednesday, January 1, 2014
On 5:58 AM by Arghelo Thapa in कविता No comments
सहर फिक्का छ किनकि युवा छैन
परिवार दिक्क छ किनकि युवा छैन
रोजगार छैन छ केवल देश
त्यही देश,
पागल हुन ठीक्क छ किनकि युवा छैन
परिवार दिक्क छ किनकि युवा छैन
रोजगार छैन छ केवल देश
त्यही देश,
पागल हुन ठीक्क छ किनकि युवा छैन
Subscribe to:
Posts (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...