लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Thursday, April 10, 2014

On 6:37 PM by Arghelo Thapa in    4 comments
जीतको सपना देख्नेहरूमा हारको गन्ध
शोषक सामन्ती वर्गमा अत्याचारको गन्ध

ऋण काढेर पढ्छ गरीब जागिरको आशमा
डिग्री पढेका युवामा बेरोजगारको गन्ध

जनता बोल्दा त्यही कुरा हावाले उडाइदिन्छ
चर्चित भ्रष्ट, ज्यानमारामा पदभारको गन्ध

बैंशको ढोका ढक्ढकाउने ती कलिला युवतीहरू
मान्छेबाट बेचिन्छन् मान्छे ब्यापारको गन्ध