लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Saturday, July 26, 2014

On 10:17 PM by Arghelo Thapa in    No comments
हामी पीर नगरौं भन्नेहरू नै पीरमा छौं
ठुला ठुला समस्याहरूका भीरमा छौं
पखेटा फिँजाएर स्वतन्त्र नीलो आकाशमा
बेग हान्दै उडौं भन्नेहरू नै जन्जीरमा छौं

Friday, July 25, 2014

On 11:23 AM by Arghelo Thapa in    No comments
खोजेको माया थ्यो विचरा भन्यौ
सयौं छन् रस चुस्ने भमरा भन्यौ
गरीबका सपनाको सीमा फरक हुन्छ
मन पर्दैन झुपडी र टहरा भन्यौ

Wednesday, July 23, 2014

On 8:41 PM by Arghelo Thapa in    No comments
यहाँ प्यार हैन अत्याचार जीवन्त छ
मान्छेका विचार विचारको भीडन्त छ
सायद रोकिन्न युद्ध कालान्तरसम्म
किनकि, कानुन आफैमा सामन्त छ