लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Wednesday, October 29, 2014

On 8:57 AM by Arghelo Thapa in    No comments
मेरो बिछोडको शोकमा मुस्कुराएछ कसैले
कतै मिलनको गजल गाएछ कसैले

उनी भावनाको नाता ठूलो हुन्छ भन्थिन्
आज उनैलाई कोठीमा पुराएछ कसैले

बेबारिसे बिरामीलाई रगत दिएर बचायो
हरे ! ज्यानमाराको आरोप लाएछ कसैले

मैले रुँदारुँदा हाँस्न भुलिसकेको थिएँ
पानीमा म हाँसेको स्केच बनाएछ कसैले

कोही जून छुन भन्दै उडिरहेका थिए
सुटुक्क आकाशको जूनलाई भगाएछ कसैले