Sunday, December 28, 2014
On 10:41 PM by Arghelo Thapa in विचार 5 comments
नेपाली मिडियामा अहिले हिन्दू
राज्यको मुद्दा चर्चाको विषय
बनेको छ । विश्वमा एकमात्र हिन्दू
राज्यको पहिचान बनाएको देश
नेपाल अहिले धर्म
निरपेक्ष राष्ट्र भएको छ
। यसका फाइदा
सायद केही पक्षलाई
होलान् तर फेरि
नेपाल हिन्दू राज्य
बनाइनुपर्छ, बनाइनु हुँदैन भन्ने
चर्चा सामाजिक सञ्जालमा
मुख्य विषयका रुपमा
उत्खनन भइरहेको छ । यही मुद्दाले
हुनुपर्छ, अहिले धर्मको बारेमा
(खासगरी हिन्दू धर्मका बारेमा)
धेरै खालका नकारात्मक
विचारहरु फैलिरहेका छन् ।
सुरुमा सबैलाई यो अवगत
होस् कि, म
पूर्ण रुपमा भगवान
मान्दिन । अर्थात
म आधा मान्छु,
आधा मान्दिन ।
किनकि मलाई ग्रन्थका
कुरा किम्बदन्ती लाग्छन्
। तर केही
रहस्यले साँच्ची भगवान हुन्छन्
कि भन्ने भ्रम
पैदा गरिदिन्छ ।
यो विचार (यो
लेख होइन) राख्नुका
केही उद्देश्यलाई प्रष्ट
पार्न चाहन्छु ।
– धर्म व्यापारका लागि कि
दर्शनका लागि ?
– के भगवान छन् ? यदि
छन् भने को
हुन् भगवान ?
धर्मभित्रको
व्यापारीकरण
धर्म अहिले व्यापार गर्ने
एउटा गतिलो थलो
बनेको छ । व्यापारको चरम रुप
संसारभर देखिएको छ । समयसँगै मानिस बदलिँदै
गयो । बुझ्ने
भयो । अझ
धेरै बुझ्ने भयो
। प्राचीन कालमा
पनि धर्मको खेती
अविरल रुपमा फैलिएका
तथ्य हामी पढ्न
पाउँछौं । माध्यमिक
कालमा भगवान नमान्ने
केही मान्छेहरुको जमात
निस्क्यो । जसले
धर्मको विरोध गर्न थाले
र अर्को धर्म
जन्माउन थाले ।
बरु हामी यसरी
बुझ्न सक्छौं – 'धर्म
केवल संस्कारको विकास
गर्न बनाइएको एउटा
कानुन थियो ।'
आधुनिक कालमा जन्मिएका केही
व्यक्तिले आफूलाई भगवान ठान्नु
र भक्तले उनीहरुलाई
भगवान मानेर पूजा
गर्नुको कारण मलाई
यस्तै लाग्छ ।
उदाहरणका लागि ओशो,
साइबाबा आदि ।
प्राथमिक कालमा पनि यस्तै
केही विद्वान थिए
। जसले एक
किसिमको सिद्धान्तको विकास गरे
। त्यो थ्योरीको
विज्ञापन गरे र
भगवान बने ।
त्यस्तै भगवान हुन्, यशु,
अल्लाह, बुद्ध आदि ।
त्यसोभए हिन्दू धर्ममा उत्पादन
भएका तेत्तिस करोड
भगवान को ? यी
सबै पात्र हुन्
र वेद ग्रन्थ
हो । वेद
त्यस्तो ग्रन्थ हो, जसमा
मान्छे जिउने कला सिकाइएको
छ । मान्छे
बाँच्ने नियम सिकाइएको
छ । त्यसैका
आधारमा हामीले बाँच्न सिकेका
हौं । हामीलाई
बाँच्न सिकाएका हुन् अग्रजले
। अरु ग्रन्थ
पनि यसरी नै
लेखिएका ग्रन्थ हुन् ।
यसर्थ हामी भन्न
सक्नुपर्छ – 'धर्म कुनै
भगवान होइन ।
यो दर्शन हो
।'
मैले यहाँ जोड्न
खोजेको कुरा के
भने आखिर धर्म
आफैमा भगवान होइन
भने किन धर्ममाथि
व्यापार भइरहेको छ ?
विकसित देशमा फैलिएको परमेश्वर
यशु (परमेश्वर बनाइएको
हो । जो
परमेश्वर नभएर एक
आम मान्छे हो
।) को व्यापारीकरण
विश्व बजारमा अग्र
स्थानमा आउला ।
त्यसो त अल्लाहको
नाममा मान्छेको विनाश
गर्ने कट्टर मुस्लिमको
पनि संसारमा खडेरी
लागेको छैन तर
नेपालमा मौलाएको धर्मको दुवो
प्रभु यशुको हो
। यहाँ मान्छे
दैनिक जसो किनिएका
छन् । गरिबीको
माटोमा क्रिस्चियन धर्म यसरी
मौलाएको छ कि,
मानौं प्रभु यशुले
चमत्कार नै गरिदिन्छ
। यो सोंच
र नियतले जन्माएको
एउटा डरलाग्दो सम्भावना
हो । मान्छेले
पैसाका लागि मात्र
प्रभु यशुको शरणमा
गएका छैनन् ।
उनीहरुलाई आदत बस्दै
गएको छ । पत्याउनु भएन ? भएन
भने एउटा काम दिन्छु
– तपाई सबेरै मन्दिरमा जानुस्
र एकाग्र भएर
एक महिनासम्म भजन
गाउनुस् । तपाई
भगवान मान्नुहुन्न भने
पनि मान्न थाल्नुहुन्छ
किनकि तपाईले त्यहाँ
स्वार्थीको दुनियाँ त्यागेर एक
किसिमको आनन्द पाउनु भएको
हुन्छ । हो,
ठ्याक्कै यही सुत्रले
काम गरेको छ
चर्चमा । अन्धभक्तहरु
भगवान भन्दै प्राथना
गरेका छन् ।
यही नै बानीमा विकास
भएको छ । एउटा सामान्य
उदाहरण – हिजो तपाईलाई
कविता खुब मन
पर्थ्यो तर आज
कसैले तपाईलाई बारम्बार
गजल सुनाउन थाल्यो
। केही दिनपछि
तपाईलाई गजल मन
पर्न थाल्छ ।
यसर्थ धर्म आदत
हो । भ्रम
हो । भगवान
होलान् तर ग्रन्थमा
छैनन् । दर्शनमा
छैनन् ।
नेपाल एकमात्र हिन्दू राज्य
थियो । हिन्दू
राज्य हुँदैमा अरु
धर्मका अधिकार खोसिए भन्ने
मुद्दालाई मध्यनजर गरेर सरकारले
धर्म निरपेक्ष राज्य
त बनायो तर
धर्मको नाममा फैलिएको व्यापारलाई
रोक्न सकेन ।
पैसामा बेचिएको धर्म र
विज्ञापनमा किनिएको सोंचलाई महत्व
दिएन । त्यसैले
नेपाल भोलिका दिनमा
धार्मिक युद्धको भूमि हुन
सक्छ । जसरी
अहिले छिमेकी राष्ट्र
भारत लगायत विश्वभर
खतरनाक भाइरस बनेर फैलिएको
छ धार्मिक युद्ध
।
आखिर भगवान को ?
कक्षा दशमा पढ्दा
मैले भगवानको खुब
विश्वास गर्थें । भेटेजतिका
मन्दिरमा वर माग्थें
। ढोग्थें ।
पूजा गर्थें ।
मैले सबै भगवानसँग
मागेको वर एउटै
थियो । र मैले त्यो
वर अर्को सालसम्म
पूरा होस् भनेर
कामना गरेको थिएँ
। तर दुखद
पक्ष भन्नुपर्छ भगवानले
मेरो वर पुरा
गरिदिएनन् । त्यसपछि
मलाई आजसम्म भगवानको
विश्वास लागेको छैन ।
सायद यो मेरो
कमजोरी हुन सक्छ
। या स्वार्थीपना
।
मैले मान्दै नमान्ने भगवानलाई
प्राय म दुख
पर्दा सम्झेको हुन्छु
। सुख पर्दा
भगवान मान्दिन
पनि । तर
मैले सम्झिने भगवान
एउटा तत्व हो
। अदृश्य शक्ति
हो । यही
अदृश्य शक्तिलाई सय थरीले
सय तरिकाले विकाश
गरे र धर्मको
व्यापार गरे ।
कुरा यत्ति हो
।
मलाई लाग्छ, हिन्दू गन्थ्रमा
उल्लेख गरिएका पात्रहरुको जस्तो
अनुहार भगवानको छैन ।
न त अल्लाहको
जस्तो छ, न
क्रिस्चियन, न बुद्घ,
न अरु कोही
। भगवान छन्
तर अदृश्य छन्
। बरु यिनको
कुनै अनुहार नै
छैन । यी
वायु हुन् ।
हामी ग्रन्थमा भएका
हाँस उठ्दा पात्रलाई
भगवान मान्छौं ।
काल्पनिक पात्रलाई भगवान मानेर
काल्पनिक संसारमा पुग्छौं र
भगवान प्राप्ति गर्छौं
। यही हाम्रो
कमजोरी हो ।
बरु भगवान आत्मामा
छन् । बस्,
हामीलाई अनुभव हुनुपर्यो
। भगवान छन्
भन्नुका केही कारण
पेश गर्न चाहन्छु
–
यी सबै आफूले
बुझेका घटना हुन्
। त्यसैले विश्वास
लाग्छ मलाई ।
घटना एकः केही
समय अगाडि मैले
‘भगवान हुँदैनन् । वेद
कुनै अज्ञात लेखकले
लेखेको ग्रन्थ मात्र हो’
भनेर फुपूसँग बहस
गर्ने बेलामा उहाँले
एउटा घटना सुनाउनु
भयो –
बाग्लुङ जिल्लामा बाग्लुङ कालिका
मन्दिर छ रे
! केही वर्षअघि फुपू त्यहाँ
पुग्दा वर माग्नुभएको
थियो रे ! वर
पूरा भएपछि उहाँले
आफूले भाकल गरेको
कुरा भुल्नुभएको रहेछ
। तर उहाँले
प्रत्येक रात सपनामा
बाग्लुङ कालिका मन्दिर जाने
र फूल चढाएर
आउने गरेको देख्नुभयो
रे ! एउटै सपना
सधैजसो दोहोरिएपछि फुपूले त्यो
मन्दिर गएर भाकल
पूरा गर्ने योजना
बनाउनु भयो रे
! नभन्दै सपनामा देखेको बाटो,
मन्दिर जस्ताको तस्तै विपनामा
पनि रहेछ रे
! फुपूले भाकल पूरा
गरेपछि त्यो सपना
कहिल्यै दोहोरिएन रे !
अब भन्नुस् – त्यो सपना
किन दोहोरिएको थ्यो
भगवानको भाकलको कारण कि
भ्रम ?
घटना २: यो पालीको दशैंमा
घर जाँदा भाइले
सुनाएको घटना हो
यो ।
भाइले हरेक राति
सपनामा अर्घाखाँचीको सुपा देउराली
मन्दिर देख्थ्यो रे ! मन्दिर
देख्ने तर कहिल्यै
पनि मन्दिर पुग्न
नसक्ने सपना दोहोरिएपछि
भाइले सुपा देउरालीको
लागि मागेको भाकल
पूरा गर्छु भन्दै
घण्टा किनेपछि त्यो
सपना दोहोरिएन रे
! अन्तत उसले भाकल
पूरा गरेको थियो
। कारणवश उसले
बोलाएको निम्तोमा म जान
सकिन ।
यो घटना सुनेकै
आधारमा म भगवानको
विरोध गर्दै हिँड्ने
व्यक्ति पनि मन्दिरको
पूजा गरेर घाँटीमा
माला लगाएको छु
।
घटना ३: यो
घटना अलिक फरक
छ ।
गाउँमा एकजना अंकल अल्सरको
कारण थला पर्नुभएको
थियो । उहाँलाई
भरतपुर चितवनमा अपरेशन गरेर
भर्खरै गाउँ लगिएको
थियो । डाक्टरले
बिरामीको घाउ बिस्तारै
निको हुन्छ भन्ने
सल्लाह दिएका थिए ।
चितवनबाट लगेको एक हप्तामा
अंकलको पेट नराम्ररी
दुख्यो । उहाँ
राम्रोसँग बोल्न सक्नुभएन ।
थला पर्नुभयो ।
केही भयो कि
भनेर उहाँलाई फेरि
भरतपुर लगियो तर डाक्टरले
उहाँको घाउ निको
हुँदै गएको र
अलिअलि दुख्नु सामान्य हो
भनेर पठाइदिए ।
तर अंकलको हालत
झन खराब भएको
थियो । तिहार
नजिकिँदै थियो ।
असह्य भएपछि अंकलले
हामीलाई धामी लिन
पठाउनुभयो । आधा
घण्टा हिँडेर हामी
धामी बाको घरमा
पुग्यौं र उहाँलाई
लिएर आयौं ।
अंकलको पीडा कम
भएको थिएन ।
धामी बाले केही
साम्रगी जुटाएर उहाँको आखत
हेर्नुभयो र कसैले
वन झाँक्री उठाएर
हाल्देको भन्दै उवार गर्नुभयो
। उहाँलाई उवार
गरेको केही मिनेटमा
हप्तौंदेखि छट्पटाइरहनु भएका अंकल
एकाएक निको हुनुभयो
। मजस्ता भगवान
नमान्नेका लागि यो
एउटा आश्चर्यको घटना
थियो ।
यी घटनाहरुका आधारमा मैले
के बुझें भने
संसारभरिको वायुमा भगवानको वास
छ । तर
भगवान कुनै ग्रन्थमा
छैनन् । भगवान
अदृष्य छन् ।
तर हामी भगवान
ग्रन्थहरुमा खोजिरहेछौं । पात्रहरुमा
खोजिरहेछौं । हो,
हामीले भगवानलाई चिन्न सकेनौं
। जबसम्म हामी
भगवानलाई चिन्न सक्दैनौं ।
तबसम्म यहाँ धर्मको
नाममा व्यापार भइरहन्छ
। वर्षौंदेखि मान्दै
आइरहेको हिन्दू दर्शनको विनाश
भइरहन्छ र नेपालजस्तो
सानो मुलुकमा धर्म
युद्ध चर्किन्छ ।
दर्शनको विनाश हुन्छ ।
दर्शनले हामीलाई नियममा बाँध्न
सिकाउँछ भने हामी
किन धर्मालम्बी नबन्ने
? के हामी हिन्दू
दर्शनलाई लात हानेर
क्रिस्चियन बन्दैमा भगवानको शरणमा
जान सक्छौं ? अहँ, पक्कै सक्दैनौं ।
Subscribe to:
Posts (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...