लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Monday, December 15, 2014

On 1:52 AM by Arghelo Thapa in    No comments
कामुक बाबुले
श्रीमतीका लागि
सबै बच्चाहरूलाई
नजिकैको कपडा पसलमा
चकलेट किन्न पठायो
बच्चाहरू धेरै पर पुगे
गुलियोको लोभमा

सात सालको क्रान्तिमा
शहिद भएको एउटा हुतिहाराले
सबेरै देशभक्तिको नारा जपिरहेको थियो
एउटा पुरानो रेडियोमा

पच्पन्न सालतिर
पूर्वमा रातो घेरा नलाग्दै भागेका
केटाकेटीले भर्खर गाएका थिए
क्रान्तिको रक्तिम गीत

ठ्याक्कै अण्ठाउन्न साला ताका
परिवर्तनको सपना देखेका
थुप्रै जोशिला नेपाली
मर्नका लागि तँछाडमछाड गरिरहेका थिए

श्रीमानले श्रीमतीको यौवन पाउन
बच्चालाई ललिपप किन्न पठाए झैं
केही नेता, केही दल
जनतामा बदलाको लाहा दलेर
क्रान्तिको आगो बालेर
तापिरहेका थिए जगंलभरि
ललिपप चुस्दै

तर अहिले समयले समयलाई फेरेको छ
क्रान्तिसँगै देखेका सपनाहरू
भ्रममा मरेका जनताहरू
र सिकेका सीपहरू
बेराजगार भएर बसेका छन्
त्यसैले यहाँ अर्को क्रान्ति चाहिएको छ
मरेका मान्छेहरू ब्युँझाउनु छ
शहिद भएका शहिदहरूलाई बचाउनु छ
आउनुस्, क्रान्ति गरौं
के यो सम्भव छ ?

0 comments:

Post a Comment