Wednesday, January 21, 2015
On 1:45 AM by Arghelo Thapa in गजल No comments
उता आकाशको जून एक्लो भयो घर नपाएर
मेरा उड्ने सपना अपाङ्ग भए सफर नपाएर
जुध्छन् आँखाहरू जुध्छन् सयौं हजारौंसँग
म किन तडपिरहेछु उनको नजर नपाएर
सोंच्छौ हामी बाँचिरहेछौं बाँच्नकै लागि
शैयामा दमको रोगी रोइरहेछ जहर नपाएर
पिंजडाको सुगा भजन गाउँछ शुभ मालिक्नीसँगै
सिकिरहेछ चाकडी बिचरो उड्ने रहर नपाए
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment