लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Saturday, January 31, 2015

On 5:53 PM by Arghelo Thapa in    1 comment
अरे जिन्दगी
पुराइदेऊ अब सम्भोग चाह

गुलाबको फूल लाली तिम्रो चुम्बन बिम्बमा मोह

पोखियो मन बादलुको सपीप नबन झरी

ओ प्रियतमा फूल जस्तो जवानी आँखाको भ्रम

रोएछ फूल जवानीले भगायो भमरा सबै

कठै बालक आमाको मुख हेर्छ आमा जवानी

भुइँ झरेछ पारिजातको फूल अँध्यारो रोयो

आमा हाँस्छिन् जब बालक रुन्छ प्रकृति हेर्दै

फुलेको फूल कस्ले चुँडी लगेछ बिचरा माली

हावाको झोंक्का ठोक्किएछ स्तनमा लाज लजायो

1 comment: