Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
Saturday, November 21, 2015
On 11:21 PM by Arghelo Thapa in गजल No comments
जून लखेटेर नौलाख ताराहरूको जमात दिएर
थोरै डर फैलाइदियौ तिमीले रात दिएर
ओँठको काम चुम्बन मात्र होला या नहोला
तिमीले संकेत त गरेकै थियौ हात दिएर
त्यो गर्मी, त्यो मौसम र त्यो मात्तिंदो बैंश
झन् के गर्न खोजेको प्रकृति वर्षात दिएर
लामो सास फेरेर नजिक हुनुको अर्थ खोज्दै
किन बालक झैं गर्दियौ नशाको मात दिएर
थोरै डर फैलाइदियौ तिमीले रात दिएर
ओँठको काम चुम्बन मात्र होला या नहोला
तिमीले संकेत त गरेकै थियौ हात दिएर
त्यो गर्मी, त्यो मौसम र त्यो मात्तिंदो बैंश
झन् के गर्न खोजेको प्रकृति वर्षात दिएर
लामो सास फेरेर नजिक हुनुको अर्थ खोज्दै
किन बालक झैं गर्दियौ नशाको मात दिएर
Saturday, September 5, 2015
On 8:36 PM by Arghelo Thapa in गजल No comments
जून लखेटेर ताराहरूको जमात दिएर
थोरै डर फैलाइदियौ तिमीले रात दिएर
यो गर्मी, यो मौसम र यो मात्तिंदो बैंश
अरे! के गर्न खोजेको प्रकृति वर्षात दिएर
टोलायौ, मुस्कुरायौ र फेरि इशारा गर्यौ
चिम्लियौ आँखा, पर्खियौ नशाको मात दिएर
ओंठको काम चुम्बन मात्र होला या नहोला
तर तिमीले संकेत गरेकै थियौ हात दिएर
थोरै डर फैलाइदियौ तिमीले रात दिएर
यो गर्मी, यो मौसम र यो मात्तिंदो बैंश
अरे! के गर्न खोजेको प्रकृति वर्षात दिएर
टोलायौ, मुस्कुरायौ र फेरि इशारा गर्यौ
चिम्लियौ आँखा, पर्खियौ नशाको मात दिएर
ओंठको काम चुम्बन मात्र होला या नहोला
तर तिमीले संकेत गरेकै थियौ हात दिएर
Thursday, April 2, 2015
On 12:42 AM by Arghelo Thapa in गजल No comments
बस्थिन् एकादेशमा सुन्दरी कसैले सुनायो
ओइलेछ शीरको बाँबरी कसैले सुनायो
ओइलेछ शीरको बाँबरी कसैले सुनायो
तन्नाहरुमा उनका छापहरु बस्थे रे !
जीवन चलाउँथ्नि यसरी कसैले सुनायो
जवानी बेचिछन् उनले बैंशहरुसँग
तर एक्लै भैछिन् बिचरी कसैले सुनायोे
भन्थिन् जुगौंजुग गर्छु प्यार हजुरलाई
फेरिछन् प्यारको नोकरी कसैले सुनायो
Wednesday, January 21, 2015
On 1:45 AM by Arghelo Thapa in गजल No comments
उता आकाशको जून एक्लो भयो घर नपाएर
मेरा उड्ने सपना अपाङ्ग भए सफर नपाएर
जुध्छन् आँखाहरू जुध्छन् सयौं हजारौंसँग
म किन तडपिरहेछु उनको नजर नपाएर
सोंच्छौ हामी बाँचिरहेछौं बाँच्नकै लागि
शैयामा दमको रोगी रोइरहेछ जहर नपाएर
पिंजडाको सुगा भजन गाउँछ शुभ मालिक्नीसँगै
सिकिरहेछ चाकडी बिचरो उड्ने रहर नपाए
Sunday, December 28, 2014
On 5:00 AM by Arghelo Thapa in गजल No comments
बजाइदेऊ चुरा भन्छे अर्थ के?
पलाए आँकुरा भन्छे अर्थ के?
कतै टाढा बस्छु म युद्धदेखि
निहुँ खोज्छन् टाँकुरा भन्छे अर्थ के?
प्रेममा भावना बिक्दैन हौ राजा
रोपिदेऊ छुरा भन्छे अर्थ के?
गालामा टल्किएको कोठी देखाउँदै
हैनन् यी दादुरा भन्छे अर्थ के ?
Wednesday, October 29, 2014
On 8:57 AM by Arghelo Thapa in गजल No comments
मेरो बिछोडको शोकमा मुस्कुराएछ कसैले
कतै मिलनको गजल गाएछ कसैले
उनी भावनाको नाता ठूलो हुन्छ भन्थिन्
आज उनैलाई कोठीमा पुराएछ कसैले
बेबारिसे बिरामीलाई रगत दिएर बचायो
हरे ! ज्यानमाराको आरोप लाएछ कसैले
मैले रुँदारुँदा हाँस्न भुलिसकेको थिएँ
पानीमा म हाँसेको स्केच बनाएछ कसैले
कोही जून छुन भन्दै उडिरहेका थिए
सुटुक्क आकाशको जूनलाई भगाएछ कसैले
कतै मिलनको गजल गाएछ कसैले
उनी भावनाको नाता ठूलो हुन्छ भन्थिन्
आज उनैलाई कोठीमा पुराएछ कसैले
बेबारिसे बिरामीलाई रगत दिएर बचायो
हरे ! ज्यानमाराको आरोप लाएछ कसैले
मैले रुँदारुँदा हाँस्न भुलिसकेको थिएँ
पानीमा म हाँसेको स्केच बनाएछ कसैले
कोही जून छुन भन्दै उडिरहेका थिए
सुटुक्क आकाशको जूनलाई भगाएछ कसैले
Thursday, April 10, 2014
On 6:37 PM by Arghelo Thapa in गजल 4 comments
जीतको सपना देख्नेहरूमा हारको गन्ध
शोषक सामन्ती वर्गमा अत्याचारको गन्ध
ऋण काढेर पढ्छ गरीब जागिरको आशमा
डिग्री पढेका युवामा बेरोजगारको गन्ध
जनता बोल्दा त्यही कुरा हावाले उडाइदिन्छ
चर्चित भ्रष्ट, ज्यानमारामा पदभारको गन्ध
बैंशको ढोका ढक्ढकाउने ती कलिला युवतीहरू
मान्छेबाट बेचिन्छन् मान्छे ब्यापारको गन्ध
शोषक सामन्ती वर्गमा अत्याचारको गन्ध
ऋण काढेर पढ्छ गरीब जागिरको आशमा
डिग्री पढेका युवामा बेरोजगारको गन्ध
जनता बोल्दा त्यही कुरा हावाले उडाइदिन्छ
चर्चित भ्रष्ट, ज्यानमारामा पदभारको गन्ध
बैंशको ढोका ढक्ढकाउने ती कलिला युवतीहरू
मान्छेबाट बेचिन्छन् मान्छे ब्यापारको गन्ध
Sunday, January 26, 2014
On 1:51 AM by Arghelo Thapa in गजल No comments
काउकुती लगाइ लगाइ मार्छौ भन्ने डर भो
फकाएरै माया जालमा पार्छौ भन्ने डर भो
खुबै माया गर्छौ जस्तो नाटकीय पारा
साँच्चै प्रस्ताव राखें भने टार्छौ भन्ने डर भो
नयन जुधाइ, मुस्कुराइ कुस्ती खेलौं भन्छौ
जिते तिम्रो मन दुख्ला हार्छौ भन्ने डर भो
उत्ताउली छौ खाऊँ भन्छौ चुरोटसँग रम
रातमा तिम्रै घरतिर झार्छौ भन्ने डर भो
फकाएरै माया जालमा पार्छौ भन्ने डर भो
खुबै माया गर्छौ जस्तो नाटकीय पारा
साँच्चै प्रस्ताव राखें भने टार्छौ भन्ने डर भो
नयन जुधाइ, मुस्कुराइ कुस्ती खेलौं भन्छौ
जिते तिम्रो मन दुख्ला हार्छौ भन्ने डर भो
उत्ताउली छौ खाऊँ भन्छौ चुरोटसँग रम
रातमा तिम्रै घरतिर झार्छौ भन्ने डर भो
Saturday, August 24, 2013
गरिबको पेटमा पनि काश गास हुन्थ्यो भने
टन्न खान पाएको कुनै पल खास हुन्थ्यो भने
किन पो बन्नुपर्थ्यो शाकाहारी मन हुनेलाई
बोका, खसीको बधेको लाश हुन्थ्यो भने
सिरेटोले जन्माएका काँडा हराउँथे शरीरका
न्यानो बास र एकसरो कपास हुन्थ्यो भने
हाड मात्रै देखिने ज्यान पक्कै लाग्थ्यो होला
भकारीमा अन्नै अन्नको रास हुन्थ्यो भने
झुठा सपनाको खेती किन गरिबकै बारीमा ?
शोषकले बुझ्थे नेता गरिबको दास हुन्थ्यो भने
टन्न खान पाएको कुनै पल खास हुन्थ्यो भने
किन पो बन्नुपर्थ्यो शाकाहारी मन हुनेलाई
बोका, खसीको बधेको लाश हुन्थ्यो भने
सिरेटोले जन्माएका काँडा हराउँथे शरीरका
न्यानो बास र एकसरो कपास हुन्थ्यो भने
हाड मात्रै देखिने ज्यान पक्कै लाग्थ्यो होला
भकारीमा अन्नै अन्नको रास हुन्थ्यो भने
झुठा सपनाको खेती किन गरिबकै बारीमा ?
शोषकले बुझ्थे नेता गरिबको दास हुन्थ्यो भने
Thursday, April 18, 2013
On 8:39 AM by Arghelo Thapa in गजल 2 comments
चाहेर नि तिम्रो माया भुल्नलाई सकिएन
अकेला यो जिन्दगीमा फुल्नलाई सकिएन
कैयौं डुले सफल बाटो पिरतीमै मौलाएर
कदम चाल्दा ठेस लाग्यो डुल्नलाई सकिएन
तिमी तरल पानी रैछौ जता पनि बग्न सक्ने
सोचाइ फरक भएर कतै घुल्नलाई सकिएन
किन किन तिम्रो यादले तड्पाउँछ यति सारो
बाँकी जीवन नशासँगै भुल्नलाई सकिएन
मन साटेँ, मुटु साटेँ, सबै साटेँ तिमीसँग
अरु कोहीसँग आफु खुल्नलाई सकिएन
-अर्घेलो थापा
अकेला यो जिन्दगीमा फुल्नलाई सकिएन
कैयौं डुले सफल बाटो पिरतीमै मौलाएर
कदम चाल्दा ठेस लाग्यो डुल्नलाई सकिएन
तिमी तरल पानी रैछौ जता पनि बग्न सक्ने
सोचाइ फरक भएर कतै घुल्नलाई सकिएन
किन किन तिम्रो यादले तड्पाउँछ यति सारो
बाँकी जीवन नशासँगै भुल्नलाई सकिएन
मन साटेँ, मुटु साटेँ, सबै साटेँ तिमीसँग
अरु कोहीसँग आफु खुल्नलाई सकिएन
-अर्घेलो थापा
Sunday, March 24, 2013
एउटा सुन्दर फुल हेर्छु झनै हेर्न मन लाग्छ
रगतले उसकै नामको भाग्य केर्न मन लाग्छ
झस्किन्छ मन सपनाका स्वैरकल्पना भंग हुँदा
अरु बाट लुकाउन संसार घेर्न मन लाग्छ
एउटा काले तर दिल बाले उसका लागि भारी होला
तर उसकै प्यारो हुन रुप फेर्न मन लाग्छ
खोज्छन आँखा चारै तिर उसकै यादमा प्यासिन्छ मन
हरेक पल उसैलाई नै मनमा बेर्न मन लाग्छ ।
-अर्घेलो थापा
रगतले उसकै नामको भाग्य केर्न मन लाग्छ
झस्किन्छ मन सपनाका स्वैरकल्पना भंग हुँदा
अरु बाट लुकाउन संसार घेर्न मन लाग्छ
एउटा काले तर दिल बाले उसका लागि भारी होला
तर उसकै प्यारो हुन रुप फेर्न मन लाग्छ
खोज्छन आँखा चारै तिर उसकै यादमा प्यासिन्छ मन
हरेक पल उसैलाई नै मनमा बेर्न मन लाग्छ ।
-अर्घेलो थापा
Subscribe to:
Posts (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...



