Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts
Saturday, July 26, 2014
Friday, July 25, 2014
On 11:23 AM by Arghelo Thapa in मुक्तक No comments
खोजेको माया थ्यो विचरा भन्यौ
सयौं छन् रस चुस्ने भमरा भन्यौ
गरीबका सपनाको सीमा फरक हुन्छ
मन पर्दैन झुपडी र टहरा भन्यौ
सयौं छन् रस चुस्ने भमरा भन्यौ
गरीबका सपनाको सीमा फरक हुन्छ
मन पर्दैन झुपडी र टहरा भन्यौ
Wednesday, July 23, 2014
On 8:41 PM by Arghelo Thapa in मुक्तक No comments
यहाँ प्यार हैन अत्याचार जीवन्त छ
मान्छेका विचार विचारको भीडन्त छ
सायद रोकिन्न युद्ध कालान्तरसम्म
किनकि, कानुन आफैमा सामन्त छ
मान्छेका विचार विचारको भीडन्त छ
सायद रोकिन्न युद्ध कालान्तरसम्म
किनकि, कानुन आफैमा सामन्त छ
Friday, November 1, 2013
On 6:45 AM by Arghelo Thapa in मुक्तक No comments
सपनाहरू उफ्रेर सगरमाथा छुन्छन्
कैयन सपना थाकेर मरेतुल्य हुन्छन्
जित्न खोज्ने विचरा ती अवोध सपनाहरू
हारेँ भन्दै पालैपालो चिच्याउँदै रुन्छन्
कैयन सपना थाकेर मरेतुल्य हुन्छन्
जित्न खोज्ने विचरा ती अवोध सपनाहरू
हारेँ भन्दै पालैपालो चिच्याउँदै रुन्छन्
Saturday, July 20, 2013
On 9:16 PM by Arghelo Thapa in मुक्तक No comments
ऊ बिना पनि जिन्दगी जिएको छु
फरक यति हो नशा पिएको छु
भुलाउन खोज्छु नशासँगै उसलाई
याद बल्झिन्छ झन भक्कानिएको छु
फरक यति हो नशा पिएको छु
भुलाउन खोज्छु नशासँगै उसलाई
याद बल्झिन्छ झन भक्कानिएको छु
Thursday, July 11, 2013
On 6:36 PM by Arghelo Thapa in मुक्तक No comments
काल्पनिक संसारमा हराउनुको मज्जा बेग्लै
होस गुमाएर एक्लै एक्लै कराउनुको मज्जा बेल्लै
माया त जसले जसलाई पनि गर्न पाइन्छ
अर्काको प्रेमलाई मन पराउनुको मजा बेग्लै
होस गुमाएर एक्लै एक्लै कराउनुको मज्जा बेल्लै
माया त जसले जसलाई पनि गर्न पाइन्छ
अर्काको प्रेमलाई मन पराउनुको मजा बेग्लै
Monday, June 24, 2013
On 6:52 PM by Arghelo Thapa in मुक्तक 2 comments
यहाँ गास, बास र कपास खोसिएको छ
दिन दिनै मान्छेका बाँच्ने आश खोसिएको छ
ज्युँदा मान्छेको अधिकार त खोसियो खोसियो
यहाँ सास नभएका मान्छेको लाश खोसिएको छ
दिन दिनै मान्छेका बाँच्ने आश खोसिएको छ
ज्युँदा मान्छेको अधिकार त खोसियो खोसियो
यहाँ सास नभएका मान्छेको लाश खोसिएको छ
Monday, April 8, 2013
On 7:48 PM by Unknown in मुक्तक No comments
म प्रेममा हारेको मान्छे
आफ्नैले अकेला पारेको मान्छे
नमर्दै समबेदनाका पुष्पहरु पाउँछु
म राता आँसु झारेको मान्छे ।
Monday, March 4, 2013
On 11:11 PM by Unknown in मुक्तक No comments
यदि म नरोएको भए तिमी हाँसेको हुन्थेन होला
वान्टेड बोर्डमा मेरो फोटो टाँसेको हुन्थेन होला
बिश्वासको अर्को रुप माया भन्थे दुनिया
बिश्वास नजन्मेको भए नक्कली माया गाँसेको हुन्थेन होला ।
वान्टेड बोर्डमा मेरो फोटो टाँसेको हुन्थेन होला
बिश्वासको अर्को रुप माया भन्थे दुनिया
बिश्वास नजन्मेको भए नक्कली माया गाँसेको हुन्थेन होला ।
Monday, February 25, 2013
On 7:59 AM by Unknown in मुक्तक No comments
तिम्रो सुन्दरताको पछि लागेर भुल गरें
दिल नहुनेसँग दिल मागेर भुल गरें
माया माया भन्दै तड्पी तड्पी,
तिम्रो लागि समाजसँग भागेर भुल गरें
दिल नहुनेसँग दिल मागेर भुल गरें
माया माया भन्दै तड्पी तड्पी,
तिम्रो लागि समाजसँग भागेर भुल गरें
Monday, February 11, 2013
On 9:32 PM by Unknown in मुक्तक No comments
परालको आगो न आगो न खरानी भो
तिमी संगको सम्झौता एकादेशको कहानी भो
लोप भएको मेरो मुस्कानको के कुरा
नुनिला आँसु पनि न रगत न पानी भो ।
तिमी संगको सम्झौता एकादेशको कहानी भो
लोप भएको मेरो मुस्कानको के कुरा
नुनिला आँसु पनि न रगत न पानी भो ।
On 9:31 PM by Unknown in मुक्तक No comments
कहिलेकाँही तिम्रो यादमा उडिन्छ त म के गरुँ
सम्झनाका बाढिले ले मन कुडिन्छ त म के गरुँ
भुल्न खोज्ने कैयन प्रयासहरु गर्दा गर्दै पनि
पागलपनमा मुटु चुडिन्छ त म के गरुँ
सम्झनाका बाढिले ले मन कुडिन्छ त म के गरुँ
भुल्न खोज्ने कैयन प्रयासहरु गर्दा गर्दै पनि
पागलपनमा मुटु चुडिन्छ त म के गरुँ
Subscribe to:
Posts (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...



