Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts
Wednesday, December 7, 2016
समाज गतिशील छ । समाजका आयामहरू सयमचक्रसँगै बदलिँदै गएका छन् भन्ने कुरामा दुई मत छैन । विचारहरू व्यापक रुपमा छरितो रुपमा चारैतिर फैलिएका छन् । धेरै विचारहरू जन्मिएपछि केही विचारहरू प्रभावमा पर्नु र केही विचारहरू त्यसैको प्रभावले उत्तेजित हुनु कुनै नौलो कुरा होइन ।
नौलो कुरा नभएपनि मैले उनै पुराना कुरालाई आफ्नो धारणा बनाएर ब्लग लेख्ने प्रयत्न गरें । हुन त समाज, संस्कृति र जात अनुसार ठाउँपिच्छे फरक नियम होलान् ।
हो, नेपाल पुरुषप्रधान थियो/छ तर अहिले केही दर्जन सोकल्ड फेमिनिष्टहरूले गर्दा हामीले महिलामाथि गरेका सारा अपराधको अन्याय भएको छ । एक अविवाहित लेखिकाले आफूले सासूलाई ढोग्नुपर्ने हिन्दू धर्मको नियमलाई यसरी व्याख्या गर्नुभयो कि, मानौं धार्मिक संस्कार मानेर सासूहरूले बुहारीमाथि सानोतिनो अपराध नै गरिरहेका छन् ।
एउटा बालक जन्मन्छ । हुर्कन्छ । बा–आमाबाट हुर्काइन्छ । अलि ठुलो हुन्छ । बिहे गर्छ । बिहेपछि श्रीमतीको किचकिच सहन नसकेर आफ्नै बा–आमासँग छुट्टिनुपर्छ । यो पनि त एक प्रकारको हिंसा त हो नि ।
हाम्रो संस्कार पनि बडो गज्जबको छ । छोरीमान्छेलाई आफ्ना हजुरबा, हजुरआमा, बा–आमालाई नमस्ते गरेपनि हुने, तर हामीले भने हरेक दिन बिहान उठेर खुट्टामा ढोग्न पर्ने? यो पुरुषमाथिको अन्याय हो कि संस्कार? संस्कार हो भने त ठीक छ । तर अन्याय हो भने किन पुरुषलाई मात्र खुट्टामा ढोग्न लगाइयो ?
यो जस्तो हुतिहारा तर्क अरु हुनै सक्दैन । हामीलाई संस्कारले दमन गर्न होइन, परिधीमा बाँच्न सिकाएको हो भनेर पनि बुझ्न सकिन्छ । हामीलाई धर्मले नियम सिकाएको छ । ती नियमहरूले हामीलाई जीवन जिउने कला सिकाएका छन् । तर्क नै गर्ने हो भने त पुरुषका पनि कति छन् कति यस्ता दुखेसा ।
पुरुषलाई प्राथमिकता दिएर घरपरिवारले पनि हामीलाई नै विदेश पठाउँछन् । उता श्रीमतीहरू आरामले बसेका हुन्छन् । कतिपय त पधेंरामा जम्मा भएर कुरा पनि काट्छन् । पुरुष उता विदेशमा पसिनाले निथ्रुक्कै भिजेर काम गरेर स्वास्नीका लागि भनेर पैसा पठाउनु परेको छ । यदि श्रीमती आफै कमाउने छिन् भने आधा पैसा मेकअपमा सक्छिन् । बाँकी पैसा सपिङ गर्दैमा सकिन्छ ।
सासूलाई ढोग्न गाह्रो हुने वर्गमा यो समस्या अझ बढी देखिन्छ ।
हामीलाई सानैबाट हलो जोत्न सिकाइन्छ । कोदालो खन्न सिकाइन्छ । पहिरो लगाउन सिकाइन्छ । ठूल्ठूला रड बोक्न लगाइन्छ । त्यसैले त धेरैजसो केटा मान्छेलाई पायल्स हुन्छ ।
त्यतिमात्र होइन । हामीलाई बिहे गर्नुपर्छ भनेर कर गरिन्छ । श्रीमती पाल्न सक्नुपर्छ भनेर सिकाइन्छ । ल ठीक छ, यति त समाजले सिकायो । तर यदि तपाईको आफ्नो हैसियत (सरल भाषामा पैसा र आम्दानीको श्रोत) भएन भने केटी पाउन पनि गाह्रो हुन्छ ।
यति मात्र कहाँ हो र ? समाजमा लैंगिक विभेद पनि उस्तै छ । माइक्रोमा महिला सिट हुन्छ । पुरुष सिट हुँदैन । सरकारी जागिरमा महिला कोटा हुन्छ । पुरुषलाई हुँदैन । छोरीमान्छेलाई अर्काको घर गइदिए हुन्छ । हामीलाई घरमा एउटा कोठा थप्नुपर्छ । बिहेपछि पनि बुढी रिसाएर माइत गइदिन्छे कि भनेर खुब ख्याल गर्नुपर्छ । उसले पकाएको नमीठो भएपनि कति मीठो भनेर खाइदिनुपर्छ ।
सज्जनवृन्द, म तपाईलाई मेरो ब्लगको शीर्षकतर्फ ध्यान आकृष्ट गर्नुहुन हार्दिक अनुरोध गर्दछु । ‘आखिर मैले हजुरबाको खुट्टा किन ढोग्ने?’
हजुरबाको खुट्टा ढोग्नुका लागि पनि कारण चाहिन्छ र? हामीले बाँचेको संस्कारमा बनाइएका केही नियमहरू हामीलाई असहज लाग्लान् । तर नियम भनेको समाजलाई सही दिशातर्फ लैजानका लागि बनाइएको एउटा दायरा मात्र हो । यसले हामीलाई कमसेकम आफूभन्दा ठूलालाई देख्दा शीर निहुराएर सम्मान गर्न त सिकाउँछ । के हामी खुट्टा ढोग्दैमा अपहेलनामा परेका हौं त? कि हामीलाई हिन्दी सिरियलको प्रभाव प¥यो?
तपाई मोबाइल खस्दा पनि त झुकेर नै मोबाइल टिप्नुहुन्छ होला नि । सुन्नभएको होला – ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?’ कहिलेकाहीं गीत पनि हाम्रा विरुद्ध गाएझैं लाग्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ भनेर गीतमा भनिन्छ तर मैले नझुके त आफ्नै बा–आमालाई पनि ढोग्न सक्दिन । कि त यो गीतमा छोरोको सट्टा छोरी हुनुपथ्र्यो ।
एउटा उखान छ – ‘छोरा भए पाल्छन्, छोरी भए अर्काको घर टाल्छन् ।’ ए बाबा ! यो महंगी र बेरोजगारीको देशमा आफैलाई त पाल्न सकिएको छैन भने के गरेर पाल्ने हो अर्काकी छोरीलाई? यति ठूलो रिस्क लिन पनि कम जटिल काम हो?
कसरी पाल्नु भनेर प्रश्न खडा गर्ने हो भने हुतिहारा भन्ने पनि यही समाज हो । पुरुष हेपिएकै हुन् समाजबाट । हो, पुरुष हेपिएकै हुन् ।
हिन्दू धर्मले पनि नेपाली समाजलाई हेपेको नै हो । महिलाका लागि तीज र व्रत छुट्याइएका छन् । सरकारले पनि नारी दिवस भनेर नारीलाई सम्मान गरेको छ । पुरुषहरूलाई भने मजदुर दिवस नै आफ्नो प्यारो दिवस मानेर मनाउँछन् ।
घर परिवारले हामीलाई सानैदेखि उपदेश दिन्छ – ‘आफूभन्दा ठूलालाई सम्मान गर्नू । सानालाई माया गर्नू । परिवार सुखी राख्नू । घर बनाउनू । श्रीमतीलाई सुखसँग पाल्नू । पैसा कमाएर भाइबैनी पढाउनू ।’
यिनै कुराले गर्दा त हामी मान्छे भएका छौं । होइन भने हामी प्राणीभन्दा के कुरामा फरक हुन सक्थ्यौं र !
अन्त्यमा,
नारी र पुरुष बराबर छन् । सबैका बराबर सम्मान र सामाजिक मर्यादा छन् । हाम्रा पूर्वजहरूले निश्चित नियममा हुर्काएर हामीलाई मान्छे बन्न सिकाए । महिलालाई अझ बढी जिम्मेवार बनाउन खोज्नुको अर्थ के हुन सक्छ भने उनीहरूले पुरुषलाई बिग्रन नदिउन् ।
त्यसै भनिएको होइन नि, ‘केटाले चाहे वर्षदिन, केटीले चाहे एकैदिन ।’ समाजमा कतिपय नियम बनाइनुको कारण यो पनि हो । केटाको मन साह्रै नरम हुन्छ । एकैछिनमा पग्लिहाल्छ । समाज सुधारमा महिलाको अझ ठूलो भूमिका हुन्छ भन्ने कुरा बुढापाकाले राम्ररी बुझेका हुन् ।
कृपया उजुरी नगरिदिनुहोला ।
Thursday, September 10, 2015
On 11:36 PM by Arghelo Thapa in विचार No comments
मितिः २०७२ भदौ २४
समयः रातको १ बजे
रातको बाह्र बजिसकेको छ । जिन्दगीको एउटा किस्सामा पनि बाह्र बजिसकेको छ । सायद अझै कतै केही धुलोजस्ता सम्बन्धहरु बाँकी होलान् । अझै कतै गुनासोहरु बाँकी होलान् । यत्ति भन्न सक्छु ।
प्रिय तिमी,
मैले तिमीसँगको सम्बोधनको अर्थ गुमाइसकेको छु । सायद मैले कुनै शब्दले तिमीलाई सम्बोधन गरें भने त्यो शब्दको अर्थ बलात्कृत हुन्छ । त्यसैले म तिमीलाई बिना सम्बोधनको एउटा खुला पत्र लेख्दैछु । यो पत्र लेख्नुको कुनै खास कारण छैन । यसै मन लाग्यो । मैले नबोलेका केही भावहरुलाई खुला पत्र बनाएर पठाउन चाहें । अर्थहीन छन् भन्ने थाहा हुँदा हुँदै पनि ।
हाम्रो भेट ट्वीटरमार्फत भएको हो । जिन्दगीमा भेटिएका कैयन साथी आज हाम्रो हातमा छैनन् । सायद सधै साथमा हुँदैनन् पनि । एउटा नहुनु पर्ने भेट भैदियो भन्ने तिमीलाई पनि लाग्दो हो । मलाई पनि लाग्छ । तर हामी यसरी, यो धरातललाई स्वीकारेर छुट्नुपर्छ भन्ने थाहा भएको भए कस्सम म तिमीसँग भेट हुने नै थिइन । सायद जिन्दगीले यो भाग पहिले नै तय गरेर आइसकेको थियो । सायद मैले तिम्रो मन दुखाउनु थियो । सायद तिमीलाई रुवाउनु थियो । तर मलाई कसैको मन दुखाउनु थिएन । कसैलाई रुवाउनु थिएन ।
तिमीले मलाई कुरा बनाउन खप्पिस मान्छेका रुपमा हेर्छौ । तिमीलाई मप्रति घृणा छ । मेरो दुखमा तिमीलाई खुसी लाग्छ । म रुँदा तिमीलाई हाँसो लाग्छ । थाहा छ, म एउटा रिसको कारण बनेर बसेको छु । अतीत सबैको जिन्दगीमा घुम्दै फिर्दै आउँछन् । बन्छन् । जान्छन् । हो, त्यही एउटा अतीत तिमी र म मिलेर जन्माएका हौं ।
त्यो साँझ हाम्रो पहिलो भेट थियो । मलाई बोल्न डर लागिरहेको थियो । तिमी खुलेर कुरा गरिरहेको थियौ । मलाई तिम्रो व्यक्तित्वले खुब प्रभाव पार्यो । हामी चिया गफ गर्यौं । तिम्रो बोल्ने कलाले प्रभाव पार्यो । हामी केही दिन भेट्यौं । मिल्ने साथी बन्यौं । तिमीले भनेकी थियौ – ‘आमाले मेरा साथी भएनन् भनेर चिन्ता गरिरहनु हुन्थ्यो । फाइनल्ली मैले साथी बनाएँ । हजुरसँगको कम्पनी मलाई राम्रो लाग्छ ।’
जब हामी धेरै कुरा गर्न थाल्यौं । जब तिमीले मतलब गर्न थाल्यौ । जब मैले तिम्रो मतलब गर्न थालें । त्यतिखेरै बाट हो मैले तिमीलाई माया गर्न थालेको । तिम्रा बारेमा सोंच्न थालेको । तिम्रो मतलब लाग्न थालेको । तिम्रो आवश्यकता हुन थालेको । सबैभन्दा धेरै माया कतिखेर लागेको थियो थाहा छ ? जतिखेर तिमीले तामाङी गाउँबाट फोन गरेकी थियौ । अब यी कुराहरुको कुनै अर्थ छैन । मैले कहिल्यै आफूलाई एक कुशल प्रेमीका रुपमा स्थापित गर्न सकिन । यो मेरो समस्या हो ।
हामी बिस्तारै भेट हुँदै गयौं । कुराकानी गर्दै गयौं । त्यतिखेरै हो, मैले तिमीलाई प्रेम गर्न थालेको । म विश्वस्त छु, प्रेम तिमीले पनि गर्थ्यौ । मैले त्यसको उचित मूल्याङ्कन गर्न सकिन । किनकि म तिमीलाई पूरै जीवन दिन सक्दिनथें । म तिमीसँग उधारा सपना बाँड्न भन्दा बिल्कुल यथार्थमा रमाउनुपर्छ भन्ने सोंचमा गएँ । मैले तिमीसँग बनावटी कुरा गरेको हुँदै होइन । बरु मैले कुरालाई मनमा नराखी जस्ताको तस्तै तिमीसँग प्रस्तुत गरेको हुँ । सायद यो एक प्रकारको भुल हो । मैले मेरा कुरा मात्र ठुला भनेको होइन । त्यतिखेर तिमीलाई गुमाउँछु कि भन्ने चिन्ता थियो । सायद मैले तिमीलाई आफूलाई भन्दा पनि बढी प्रेम गर्थें ।
बिरामी हुँदा खाना बोकेर ल्याइदिनेलाई मैले कसरी नराम्रो सोंच्न सक्छु? समस्या परेको बेला उचित सल्लाह दिनेप्रति म कसरी कुभलो सोंच्न सक्छु? मेरा दुख सुनिदिएर हौसला दिन एक पात्रलाई म कसरी घात गर्न सक्छु? मैले तिमीलाई पहिले नै भनेको हुँ – ‘मसँग प्रेम गर्ने मुटु छैन ।’
मान्छेमा कमजोरी पक्कै हुन्छ । हो, ममा एउटा रोग छ । आवेगको नियन्त्रण गर्न नसक्नु । मैले यो रोगलाई नियन्त्रण गर्न हर प्रयास गरेको छु । मलाई पनि मेरो मतलब छ । समय नै त्यस्तै बनिदिन्छ त के गर्नु?
जब आफैले विश्वास गरेर कसैलाई मनका कुरा सुनाइन्छ । यो आशा गरिएको हुन्न कि, सम्बन्ध अगतिलो भएपछि उसले कुरा सुनाउँदै हिँडोस् । आफ्नो बेइजत गर्दै हिँडोस् । मरिसकेको सम्बन्धको अब हामीले पूजा गर्नु हुँदैन । विरोध गर्नु हुँदैन । उत्खनन् गर्नु हुँदैन भन्ने लाग्छ मलाई ।
तिमीले मेरी आफ्नै आमाले जत्तिकै माया गरेकी हौ । साथ दिएकी हौ । सायद तिमीजस्तो प्रेमिका अब मैले पाउँदिन पनि । यो मलाई थाहा भएर पनि मैले तिमीलाई जिन्दगी साथ दिन्छु भन्न सकिन । मैले म तिमीलाई एकदमै प्रेम गर्छु भनेर व्यक्त गर्न सकिन । यो मेरो समस्या हैन । इमान्दारिता हो । तिमीलाई मैले साँच्चिकै प्रेम गर्थें । मलाई तिमीसँग मात्र बोल्न मन लाग्थ्यो । हरेक समय म तिम्रो म्यासेजको प्रतीक्षामा हुन्थें । मोवाइलको रिङटोन बज्यो भने पनि तिमीले गरेकी हौ कि भन्ने लाग्थ्यो । तिमीसँग म चौबिसै घण्टा कुरा गर्न चाहन्थें । तिम्रा आँखा हेर्दा मलाई अत्यधिक खुसी मिल्थ्यो । तिम्रो बोली सुन्दा मन हौसिन्थ्यो । जिस्किन मन लाग्थ्यो तिमीसँग । तिमीसँगै हात समाएर यो पूरै संसार घुम्न मन लाग्थ्यो । तिम्रो बाहेक कसैको मतलब लाग्दैनथ्यो । तिम्रो नाम मन पर्थ्यो । तिमीले सपनामा देखें भनेर होस्टेलबाट फोन गरेको दिन म क्या खुसी भएको थिएँ । मलाई तिम्रा हरेक शब्द मन पर्थ्यो । हरेक कुरामा चासो लाग्थ्यो । मैले गरेको प्रेम पागलपनको थियो । यस्तो भाव त कथाहरुमा आउनुपर्ने हो । कथामा पनि त मनमा आएका कुरा लेखिने रैछ ।
म दुखी छु । किनकि यति धेरै माया गर्ने मान्छेलाई मैले खुसी राख्न सकिन । उसको नजरमा राम्रो बन्न सकिन । राम्रो बन्न राम्रो हुनुपर्ने रैछ । सायद म राम्रो बन्न नसक्ने एक भिलेन हो । स्वीकार्नुपर्छ । र मैले तिमीलाई आजैका मितिदेखि मेरो जिन्दगीबाट निकालिदिएँ । तिम्रो खुसीका लागि । तिमी रमाउनका लागि । तिम्रो सुन्दर भविष्यमा काँडा नबन्नका लागि ।
प्रिय तिमी,
हुन त म तिम्रो जिन्दगीबाट हटिसकेको छु । आखिर एकदिन त हट्नै थ्यो । मलाई यसमा कुनै दुखेसो छैन । दुखेसो एउटै कुरामा छ कि, मैले यति धेरै माया गर्ने मान्छेको किन मन दुखाएँ ? मन दुखाउन नहुने थ्यो । थाहा छैन, बेलाबेला मलाई के हुन्छ । किन पागल हुन्छु ।
तिमीलाई थाहा छ, म एक बिमार मान्छे हुँ । मसँग धेरै रोगहरुले जोरी खोजिरहेका छन् । त्यही भएर म धेरै ठुला सपना देख्दिन । किनकि मेरो आयु छोटो छ या कष्टकर छ । म धेरै साथी समूह बनाउन चाहन्न । म एक दुईजना साथीको संगतमा रमाउने मान्छे हुँ । उनीहरुले मेरो समस्या बुझ्दे हुन्थ्यो भन्ने लाग्छ । अरु केही आशा राख्दिन म ।
मलाई संसारकी सबैभन्दा महान मान्छे मेरी आमा लाग्छ । उहाँको माया मलाई सबैभन्दा महत्वको लाग्छ । तर तिनै आमासँग कहिलेकाहीं सानो कुरामा पनि झगडा हुन्छ । पछि पछुतो लाग्छ । के गर्ने, केही आदत त साला साह्रै निर्दयी छन् । दिमागबाट हट्नै नमान्ने । तर मैले तिमीमा तिनै आमाको छाँया देखेको हुँ । तिम्रो चोखो मायामा मैले कालीमाता देखेको हुँ । कस्सम मैले बहुत माया गर्थें तिमीलाई ।
म मौन रहनुको अर्थ यो होइन कि, मेरो तिमीप्रति प्रेम नै थिएन । मैले तिमीसँग भाव नदेखाउनुको अर्थ यो होइन कि, मैले तिमीलाई कति पनि प्रेम गरिन । कहिलेकाहीं एकै वाक्यले आफ्ना मनका सारा भनाइहरु तिमीसामु राख्ने गर्थें । तिमीले त्यसको अर्थ सायद बुझिनौ । तर मैले तिमीलाई एकदमै माया गर्थें । यति धेरै माया मैले जिन्दगीमा कसैलाई गरिन । मैले साइवर लभ गरेकै आधारमा माया भ्रम हो भन्ने बुझेको थिएँ । तर तिमीले मलाई मायाको अर्थ मात्र हैन । धेरै थोक सिकायौ । त्यसैले तिमीलाई एकोहोरो सम्झिरहेको छु अहिले पनि । मेरो दिमागमा तिमी मात्र घुमिरहेकी हुन्छौ । तिमीलाई मैले धेरै कसिलो गरेर मनमा सजाएर राखेको रहेछु । जतिबेला पनि तिम्रै याद आउँछ । बिहानदेखि साँझसम्म कतै न कतै कल्पनामा तिमी मेरो साथमा हुन्छौ । सपनामा पनि तिमीसँगै कुरा गरिरहेको देख्छु । अरुसँग कुरा गर्दा पनि तिमीसँग कुरा गरेको जस्तो लाग्छ । तिम्रै याद आउँछ । थाहा छैन, किन म अरुप्रति आकर्षित हुन सकिन । कस्सम मैले झुट बोलेको होइन । मलाई किन यस्तो भयो, मैले कहिल्यै हेक्का पाइन । सायद मेरो कमजोरी तिमीलाई धेरै भन्दा धेरै प्रेम गर्नु हो । प्रेम गरें । भुल गरें । दुख दिएँ । माफी चाहन्छु । म बरु आफू जल्न तयार छु तर तिम्रो खुसी देख्न चाहन्छु । यति धेरै माया गर्ने मान्छेलाई एकै झड्कामा भुल्न सक्ने खुबी ममा छैन । यार, माया प्राप्ति मात्र पनि त होइन नि ।
तिम्रो नजरबाट म गिरिसकेको छु । थाहा छैन, मैले किन यी यावत कुराहरु तिम्रा लागि लेख्छु । जब कुनै मान्छेसँग अब संगत नै गर्नु छैन भने नलेखे पनि त हुन्थ्यो नि । सिधै इग्नोर गरेपनि त हुने हो । तर म तिम्रो नजरमा त्यति विधि पनि गिर्न चाहन्न । मैले तिमीसँग जुनीजुनी मित्रता कायम रहोस् भन्ने चाहेको थिएँ । अब हाम्रो मित्रता बालुवाको घर भइसक्यो ।
जिन्दगीमा कमै मान्छेलाई मात्र माया गरिन्छ । विश्वास गरिन्छ । उसको भर परिन्छ । उसका लागि पागल भइन्छ । ज्यान दिइन्छ । झगडा गरिन्छ । त्यस्तै कम मान्छेमध्येकी एक तिमी हौ । तिमीलाई मैले जिन्दगीभरी साथ दिन सकिन तर रुवाउन चाहन्न । सायद यस्ता कुरा एक अर्थले त तिमीले पनि बोल्नुपर्ने हो । तर तिमी त ‘रुन बन्द गर’ भन्दिन्छौ । कहाँ सजिलो छ र रुन बन्द गर्न ! कसैलाई माया गरियो भने उसका लागि रुन त के ज्यान दिन पनि तयार हुन्छ प्रेमी । ठीक छ । म तिम्रो लागि रुन बन्द गर्न सक्छु । आलापका गीत गाउन बन्द गर्न सक्छु । तिमीबाट धेरै दूर आफ्नै दुनियाँमा जान सक्छु । तर तिमीले पनि एउटा सम्झौता गर्नैपर्छ । बिन्ती, मलाई कुराको विषयवस्तु बनाउन छोडिदेऊ । केही भन्न बाँकी छ भने मलाई नै भन्दा हुन्छ । म बाहेक अरुलाई दुखेसो सुनाएर तिमीले के प्रमाणित गर्न चाहेकी हौ भन्ने थाहा छैन । यत्ति बुझ कि, मैले तिम्रो कुभलो कहिल्यै चिताएको हुने छैन ।
आजको मितिदेखि नै मैले यही पत्रका साथ हाम्रा केही सम्झनालाई कतै टाढा बडेमानको महलमा थुनेर आएको छु । अबका दिनदेखि कुनै पनि तरिकाले तिम्रो जिन्दगीमा अर्घेलो बन्न आउने छैन । तिम्रो मात्र मन दुखेको हैन । मेरो पनि दुखेको हो । तिमी मात्र रोएकी हैनौ । म पनि रोएको हुँ । तिमीले मात्र माया गरेकी हैनौ । मैले पनि माया गरेको हुँ । तिम्रो मात्र गुनासो छैन । मेरो पनि छ । सायद केही न केही स्मरण जिन्दगीभर रहिरहन्छ हामीसँग । तर पनि मेरो तर्फबाट हाम्रो कहानीलाई पूर्णत अन्त्य गरिसकेको छु । मैले गरेका सबै भुललाई माफी गरिदेऊ । जिन्दगीलाई सुमधुर बनाऊ । प्रगति गर । खुसी होऊ । म अबका दिनमा तिमीलाई कहिल्यै पनि माया देखाउने छैन । तर माया गरिरहेको हुनेछु । मैले तिमीलाई नचाहेरै पनि माया गरेको हो । हो, म पागल भएको हो । तिमी नै सबैभन्दा प्रिय लागेको हो ।
अन्त्यमा, हाम्रो सम्बन्धको मृत्यु भइसकेको छ । तिम्रो नयाँ जिन्दगी सुखमय बनोस् । सधै रमाइला पलहरु आउन् । मलाई नराम्रो सोंच्न छोडिदेऊ । मान कि, यो समय जिन्दगीमा आउँदै आएन । मसँग भेट नै भएन । कुराकानी नै भएन । मैले तिम्रो मन नै दुखाइन । यति धैरै मान्यौ भने यो पनि मानिदेऊ – ‘तिमीलाई धेरै भन्दा धेरै माया गर्ने एक प्रेमी थियो । तर उसले तिम्रो मन दुखाएर धेरै टाढा गयो । अहिले मरिसक्यो ।’
अलविदा ।
तिमीलाई माया गर्ने
मधु

Friday, April 24, 2015
On 7:39 PM by Arghelo Thapa in विचार No comments
लामो समयदेखि गीतका कारण सर्वाधिक चर्चामा रहेको चलचित्र रेशम फिलिली ‘अरे वाह’ भन्ने नमिल्ने तर राम्रो चलचित्र हो । पहिलो दिन चलचित्र हेर्न सिनेमा हल पुगेका दर्शक हाउसफुल भएर टिकट नपाएर फर्किनुपरेको देख्दा लाग्छ, नेपाली चलचित्र हेर्ने दर्शकको कमी छैन । बरु अभाव राम्रा चलचित्रको हो । अथवा दर्शकले चाहेजस्ता चलचित्र बन्न नसक्नु चलचित्र क्षेत्रको कमजोरी हो ।
एकैछिन चर्चा गरौं चलचित्रका बारेमा ।
गाउँबाट पैसा कमाएर आमा र बुहारीको सपना पूरा गर्न चाहने रेशम (विनय श्रेष्ठ) पात्रका वरिपरि कथा घुमेको छ । बहिनी सुन्तलीको बिहे र बाजस्तै ठुलो मान्छे बनोस् भन्ने आमाको सपना पूरा गर्न कतार हिँडेको रेशम दलालको फन्दामा फसेर काठ्माडौंमै रुमल्लिन पुग्छ । आफ्नी बहिनीको बिहे धुमधामसँग गरिदिनका लागि जस्तोसुकै जोखिम पनि मोल्न तयार रेशमलाई उसकै आफ्नै साथी हरियाले समेत यसरी फिलिली बनाइदिन्छ कि, हरेक काममा उनीहरु फेल हुन्छन् ।

चलचित्रका धेरै पक्ष राम्रा छन् । कलाकारको अभिनय पात्र सुहाउँदो छ । शीर्षककै आधारमा मुख्य पात्र हामीलाई रेशम लागेपनि कथा कामेश्वरको वरिपरि घुमेको आभास हुन्छ । चलचित्रका केही संवादहरु लोभलाग्दा छन् । हरियाको सुहाउँदो अभिनयमा ‘हेइ, डन्ट टच माइ मिल्क’ भन्ने संवादले दर्शकलाई हाँस्न बाध्य बनाउँछ । काठ्माडौमा आफू बाँच्नका लागि कति सङ्घर्ष गर्नुपर्छ भन्ने कथा दुई पात्र रेशम र हरियाको माध्यमबाट हास्यात्मक पारामा चलचित्रमा देखाइएको छ । कथाको प्रशंसा गर्न लायक पक्ष के छ भने पात्रहरुको अभिनय राम्रो छ । सबै कलाकार आफ्नो भूमिका अनुसार जमेका छन् । यस चलचित्रमा मुख्य पात्र लाग्ने हरिया (कामेश्वर चौरसिया) को अभिनय हलिउड, बलिउडका कलाकारको भन्दा कम छैन । त्यसो त यो चलचित्रका अर्का मुख्य पात्र रेशमको अभिनय पनि भूमिका सुहाउँदो छ तर उनको भूमिका नै दर्शकलाई मन नपर्ने खालको छ । दर्शकले नायकलाई यतिसम्मको सोझो देख्न चाहन्नन् । बरु कर्म र नायिका मेनुका प्रधानको अभिनय मध्यम लाग्छ । सानातिना कुरालाई महत्व नदिने हो भने केही लामा सट र केही कलात्मक सटले चलचित्रको छायांकन पक्षलाई बलियो बनाएको छ । यस अर्थमा यस चलचित्रमा निर्देशक प्रणव जोशीले सह्रानीय कार्य गरेका छन् । चलचित्र टिमले दुख गरेर दिमाग लगाएरै बनाएको चलचित्र हो रेशम फिलिली ।
तर यो चलचित्र सम्पादन गर्दा केही दृष्य हटाएको भए दर्शकलाई झुर लाग्ने थिएन । अहिलेका दर्शक लामा भन्दा पनि गतिशील कथा भएका चलचित्र हेर्न चाहन्छन् भन्ने कुरा निर्देशक प्रणव जोशीले बुझ्नुपर्थ्यो । यस चलचित्रको सबैभन्दा कमजोर पक्ष कथानक हो । लेखकले विषयवस्तु छनोट त राम्रै गरे तर उनले चलचित्रमा बढी हुन सक्ने कुरालाई कटौती गरेनन् । चलचित्रमा भएका केही संवाद बाहेक बगेको कथानक दर्शकलाई झुर लाग्छ । कथानक अनावश्यक लम्ब्याउँदा दर्शकलाई बेलाबेला हाइ आउँछ । दर्शकलाई हँसाउन मात्र खोज्दा चलचित्रको बिम्ब राम्रोसँग बग्न नसकेको लेखकले ख्याल गर्नुपर्ने थियो । जे होस्, कथा कमजोर छ । यस चलचित्रको अर्को कमजोर पक्ष सम्पादन हो । पारी त्यो डाँडामा गीत बज्दा गीत नै राम्रोसँग बुझिँदैन । गीतको मर्म अनुसारको दृष्य निर्देशकले उन्न सकेका छैनन् । धेरै संवाद अस्पष्ट छन् । रेशमले कथानक भन्दै गर्दा बोलेको संवाद एकदमै सानो सुनिन्छ । केही दृष्य दोहोर्याइका छन् । दिक्क लाग्छ कतिपय दृष्यमा । निर्देशकले यस्ता कुराको ख्याल गरेको भए चलचित्र उत्कृष्ट हुने थियो ।
निष्कर्षत चलचित्र राम्रो छ तर धेरै राम्रो भने होइन । धेरै कुराहरू रोमाञ्चक लाग्छन् । नेपाली चलचित्र मन पराउने दर्शकले चलचित्र हेर्नुभयो भने पछुतो मान्नु पर्दैन । केही करा पक्कै सिकिन्छ । कहीं कतै पक्कै हाँसिन्छ । बरु हल छिर्ने बेला के मानसिकता बनाउनुस् भने ‘यो चलचित्र पारी त्यो डाँडामा गीत जत्तिको सुपरहिट भने छैन ।’
Sunday, December 28, 2014
On 10:41 PM by Arghelo Thapa in विचार 5 comments
नेपाली मिडियामा अहिले हिन्दू
राज्यको मुद्दा चर्चाको विषय
बनेको छ । विश्वमा एकमात्र हिन्दू
राज्यको पहिचान बनाएको देश
नेपाल अहिले धर्म
निरपेक्ष राष्ट्र भएको छ
। यसका फाइदा
सायद केही पक्षलाई
होलान् तर फेरि
नेपाल हिन्दू राज्य
बनाइनुपर्छ, बनाइनु हुँदैन भन्ने
चर्चा सामाजिक सञ्जालमा
मुख्य विषयका रुपमा
उत्खनन भइरहेको छ । यही मुद्दाले
हुनुपर्छ, अहिले धर्मको बारेमा
(खासगरी हिन्दू धर्मका बारेमा)
धेरै खालका नकारात्मक
विचारहरु फैलिरहेका छन् ।
सुरुमा सबैलाई यो अवगत
होस् कि, म
पूर्ण रुपमा भगवान
मान्दिन । अर्थात
म आधा मान्छु,
आधा मान्दिन ।
किनकि मलाई ग्रन्थका
कुरा किम्बदन्ती लाग्छन्
। तर केही
रहस्यले साँच्ची भगवान हुन्छन्
कि भन्ने भ्रम
पैदा गरिदिन्छ ।
यो विचार (यो
लेख होइन) राख्नुका
केही उद्देश्यलाई प्रष्ट
पार्न चाहन्छु ।
– धर्म व्यापारका लागि कि
दर्शनका लागि ?
– के भगवान छन् ? यदि
छन् भने को
हुन् भगवान ?
धर्मभित्रको
व्यापारीकरण
धर्म अहिले व्यापार गर्ने
एउटा गतिलो थलो
बनेको छ । व्यापारको चरम रुप
संसारभर देखिएको छ । समयसँगै मानिस बदलिँदै
गयो । बुझ्ने
भयो । अझ
धेरै बुझ्ने भयो
। प्राचीन कालमा
पनि धर्मको खेती
अविरल रुपमा फैलिएका
तथ्य हामी पढ्न
पाउँछौं । माध्यमिक
कालमा भगवान नमान्ने
केही मान्छेहरुको जमात
निस्क्यो । जसले
धर्मको विरोध गर्न थाले
र अर्को धर्म
जन्माउन थाले ।
बरु हामी यसरी
बुझ्न सक्छौं – 'धर्म
केवल संस्कारको विकास
गर्न बनाइएको एउटा
कानुन थियो ।'
आधुनिक कालमा जन्मिएका केही
व्यक्तिले आफूलाई भगवान ठान्नु
र भक्तले उनीहरुलाई
भगवान मानेर पूजा
गर्नुको कारण मलाई
यस्तै लाग्छ ।
उदाहरणका लागि ओशो,
साइबाबा आदि ।
प्राथमिक कालमा पनि यस्तै
केही विद्वान थिए
। जसले एक
किसिमको सिद्धान्तको विकास गरे
। त्यो थ्योरीको
विज्ञापन गरे र
भगवान बने ।
त्यस्तै भगवान हुन्, यशु,
अल्लाह, बुद्ध आदि ।
त्यसोभए हिन्दू धर्ममा उत्पादन
भएका तेत्तिस करोड
भगवान को ? यी
सबै पात्र हुन्
र वेद ग्रन्थ
हो । वेद
त्यस्तो ग्रन्थ हो, जसमा
मान्छे जिउने कला सिकाइएको
छ । मान्छे
बाँच्ने नियम सिकाइएको
छ । त्यसैका
आधारमा हामीले बाँच्न सिकेका
हौं । हामीलाई
बाँच्न सिकाएका हुन् अग्रजले
। अरु ग्रन्थ
पनि यसरी नै
लेखिएका ग्रन्थ हुन् ।
यसर्थ हामी भन्न
सक्नुपर्छ – 'धर्म कुनै
भगवान होइन ।
यो दर्शन हो
।'
मैले यहाँ जोड्न
खोजेको कुरा के
भने आखिर धर्म
आफैमा भगवान होइन
भने किन धर्ममाथि
व्यापार भइरहेको छ ?
विकसित देशमा फैलिएको परमेश्वर
यशु (परमेश्वर बनाइएको
हो । जो
परमेश्वर नभएर एक
आम मान्छे हो
।) को व्यापारीकरण
विश्व बजारमा अग्र
स्थानमा आउला ।
त्यसो त अल्लाहको
नाममा मान्छेको विनाश
गर्ने कट्टर मुस्लिमको
पनि संसारमा खडेरी
लागेको छैन तर
नेपालमा मौलाएको धर्मको दुवो
प्रभु यशुको हो
। यहाँ मान्छे
दैनिक जसो किनिएका
छन् । गरिबीको
माटोमा क्रिस्चियन धर्म यसरी
मौलाएको छ कि,
मानौं प्रभु यशुले
चमत्कार नै गरिदिन्छ
। यो सोंच
र नियतले जन्माएको
एउटा डरलाग्दो सम्भावना
हो । मान्छेले
पैसाका लागि मात्र
प्रभु यशुको शरणमा
गएका छैनन् ।
उनीहरुलाई आदत बस्दै
गएको छ । पत्याउनु भएन ? भएन
भने एउटा काम दिन्छु
– तपाई सबेरै मन्दिरमा जानुस्
र एकाग्र भएर
एक महिनासम्म भजन
गाउनुस् । तपाई
भगवान मान्नुहुन्न भने
पनि मान्न थाल्नुहुन्छ
किनकि तपाईले त्यहाँ
स्वार्थीको दुनियाँ त्यागेर एक
किसिमको आनन्द पाउनु भएको
हुन्छ । हो,
ठ्याक्कै यही सुत्रले
काम गरेको छ
चर्चमा । अन्धभक्तहरु
भगवान भन्दै प्राथना
गरेका छन् ।
यही नै बानीमा विकास
भएको छ । एउटा सामान्य
उदाहरण – हिजो तपाईलाई
कविता खुब मन
पर्थ्यो तर आज
कसैले तपाईलाई बारम्बार
गजल सुनाउन थाल्यो
। केही दिनपछि
तपाईलाई गजल मन
पर्न थाल्छ ।
यसर्थ धर्म आदत
हो । भ्रम
हो । भगवान
होलान् तर ग्रन्थमा
छैनन् । दर्शनमा
छैनन् ।
नेपाल एकमात्र हिन्दू राज्य
थियो । हिन्दू
राज्य हुँदैमा अरु
धर्मका अधिकार खोसिए भन्ने
मुद्दालाई मध्यनजर गरेर सरकारले
धर्म निरपेक्ष राज्य
त बनायो तर
धर्मको नाममा फैलिएको व्यापारलाई
रोक्न सकेन ।
पैसामा बेचिएको धर्म र
विज्ञापनमा किनिएको सोंचलाई महत्व
दिएन । त्यसैले
नेपाल भोलिका दिनमा
धार्मिक युद्धको भूमि हुन
सक्छ । जसरी
अहिले छिमेकी राष्ट्र
भारत लगायत विश्वभर
खतरनाक भाइरस बनेर फैलिएको
छ धार्मिक युद्ध
।
आखिर भगवान को ?
कक्षा दशमा पढ्दा
मैले भगवानको खुब
विश्वास गर्थें । भेटेजतिका
मन्दिरमा वर माग्थें
। ढोग्थें ।
पूजा गर्थें ।
मैले सबै भगवानसँग
मागेको वर एउटै
थियो । र मैले त्यो
वर अर्को सालसम्म
पूरा होस् भनेर
कामना गरेको थिएँ
। तर दुखद
पक्ष भन्नुपर्छ भगवानले
मेरो वर पुरा
गरिदिएनन् । त्यसपछि
मलाई आजसम्म भगवानको
विश्वास लागेको छैन ।
सायद यो मेरो
कमजोरी हुन सक्छ
। या स्वार्थीपना
।
मैले मान्दै नमान्ने भगवानलाई
प्राय म दुख
पर्दा सम्झेको हुन्छु
। सुख पर्दा
भगवान मान्दिन
पनि । तर
मैले सम्झिने भगवान
एउटा तत्व हो
। अदृश्य शक्ति
हो । यही
अदृश्य शक्तिलाई सय थरीले
सय तरिकाले विकाश
गरे र धर्मको
व्यापार गरे ।
कुरा यत्ति हो
।
मलाई लाग्छ, हिन्दू गन्थ्रमा
उल्लेख गरिएका पात्रहरुको जस्तो
अनुहार भगवानको छैन ।
न त अल्लाहको
जस्तो छ, न
क्रिस्चियन, न बुद्घ,
न अरु कोही
। भगवान छन्
तर अदृश्य छन्
। बरु यिनको
कुनै अनुहार नै
छैन । यी
वायु हुन् ।
हामी ग्रन्थमा भएका
हाँस उठ्दा पात्रलाई
भगवान मान्छौं ।
काल्पनिक पात्रलाई भगवान मानेर
काल्पनिक संसारमा पुग्छौं र
भगवान प्राप्ति गर्छौं
। यही हाम्रो
कमजोरी हो ।
बरु भगवान आत्मामा
छन् । बस्,
हामीलाई अनुभव हुनुपर्यो
। भगवान छन्
भन्नुका केही कारण
पेश गर्न चाहन्छु
–
यी सबै आफूले
बुझेका घटना हुन्
। त्यसैले विश्वास
लाग्छ मलाई ।
घटना एकः केही
समय अगाडि मैले
‘भगवान हुँदैनन् । वेद
कुनै अज्ञात लेखकले
लेखेको ग्रन्थ मात्र हो’
भनेर फुपूसँग बहस
गर्ने बेलामा उहाँले
एउटा घटना सुनाउनु
भयो –
बाग्लुङ जिल्लामा बाग्लुङ कालिका
मन्दिर छ रे
! केही वर्षअघि फुपू त्यहाँ
पुग्दा वर माग्नुभएको
थियो रे ! वर
पूरा भएपछि उहाँले
आफूले भाकल गरेको
कुरा भुल्नुभएको रहेछ
। तर उहाँले
प्रत्येक रात सपनामा
बाग्लुङ कालिका मन्दिर जाने
र फूल चढाएर
आउने गरेको देख्नुभयो
रे ! एउटै सपना
सधैजसो दोहोरिएपछि फुपूले त्यो
मन्दिर गएर भाकल
पूरा गर्ने योजना
बनाउनु भयो रे
! नभन्दै सपनामा देखेको बाटो,
मन्दिर जस्ताको तस्तै विपनामा
पनि रहेछ रे
! फुपूले भाकल पूरा
गरेपछि त्यो सपना
कहिल्यै दोहोरिएन रे !
अब भन्नुस् – त्यो सपना
किन दोहोरिएको थ्यो
भगवानको भाकलको कारण कि
भ्रम ?
घटना २: यो पालीको दशैंमा
घर जाँदा भाइले
सुनाएको घटना हो
यो ।
भाइले हरेक राति
सपनामा अर्घाखाँचीको सुपा देउराली
मन्दिर देख्थ्यो रे ! मन्दिर
देख्ने तर कहिल्यै
पनि मन्दिर पुग्न
नसक्ने सपना दोहोरिएपछि
भाइले सुपा देउरालीको
लागि मागेको भाकल
पूरा गर्छु भन्दै
घण्टा किनेपछि त्यो
सपना दोहोरिएन रे
! अन्तत उसले भाकल
पूरा गरेको थियो
। कारणवश उसले
बोलाएको निम्तोमा म जान
सकिन ।
यो घटना सुनेकै
आधारमा म भगवानको
विरोध गर्दै हिँड्ने
व्यक्ति पनि मन्दिरको
पूजा गरेर घाँटीमा
माला लगाएको छु
।
घटना ३: यो
घटना अलिक फरक
छ ।
गाउँमा एकजना अंकल अल्सरको
कारण थला पर्नुभएको
थियो । उहाँलाई
भरतपुर चितवनमा अपरेशन गरेर
भर्खरै गाउँ लगिएको
थियो । डाक्टरले
बिरामीको घाउ बिस्तारै
निको हुन्छ भन्ने
सल्लाह दिएका थिए ।
चितवनबाट लगेको एक हप्तामा
अंकलको पेट नराम्ररी
दुख्यो । उहाँ
राम्रोसँग बोल्न सक्नुभएन ।
थला पर्नुभयो ।
केही भयो कि
भनेर उहाँलाई फेरि
भरतपुर लगियो तर डाक्टरले
उहाँको घाउ निको
हुँदै गएको र
अलिअलि दुख्नु सामान्य हो
भनेर पठाइदिए ।
तर अंकलको हालत
झन खराब भएको
थियो । तिहार
नजिकिँदै थियो ।
असह्य भएपछि अंकलले
हामीलाई धामी लिन
पठाउनुभयो । आधा
घण्टा हिँडेर हामी
धामी बाको घरमा
पुग्यौं र उहाँलाई
लिएर आयौं ।
अंकलको पीडा कम
भएको थिएन ।
धामी बाले केही
साम्रगी जुटाएर उहाँको आखत
हेर्नुभयो र कसैले
वन झाँक्री उठाएर
हाल्देको भन्दै उवार गर्नुभयो
। उहाँलाई उवार
गरेको केही मिनेटमा
हप्तौंदेखि छट्पटाइरहनु भएका अंकल
एकाएक निको हुनुभयो
। मजस्ता भगवान
नमान्नेका लागि यो
एउटा आश्चर्यको घटना
थियो ।
यी घटनाहरुका आधारमा मैले
के बुझें भने
संसारभरिको वायुमा भगवानको वास
छ । तर
भगवान कुनै ग्रन्थमा
छैनन् । भगवान
अदृष्य छन् ।
तर हामी भगवान
ग्रन्थहरुमा खोजिरहेछौं । पात्रहरुमा
खोजिरहेछौं । हो,
हामीले भगवानलाई चिन्न सकेनौं
। जबसम्म हामी
भगवानलाई चिन्न सक्दैनौं ।
तबसम्म यहाँ धर्मको
नाममा व्यापार भइरहन्छ
। वर्षौंदेखि मान्दै
आइरहेको हिन्दू दर्शनको विनाश
भइरहन्छ र नेपालजस्तो
सानो मुलुकमा धर्म
युद्ध चर्किन्छ ।
दर्शनको विनाश हुन्छ ।
दर्शनले हामीलाई नियममा बाँध्न
सिकाउँछ भने हामी
किन धर्मालम्बी नबन्ने
? के हामी हिन्दू
दर्शनलाई लात हानेर
क्रिस्चियन बन्दैमा भगवानको शरणमा
जान सक्छौं ? अहँ, पक्कै सक्दैनौं ।
Subscribe to:
Posts (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...