लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Showing posts with label हाइकु. Show all posts
Showing posts with label हाइकु. Show all posts

Saturday, January 31, 2015

On 6:23 PM by Arghelo Thapa in    No comments
रोएको फूल देखिनौ कि प्रेमिका बन्द आँखामा

कलिलो मन सजाइएको केश अरे जवानी

जवानी थियो सकिएछ धोएर प्रयोगहीन

प्यारको प्याला चरमतामा दन्क्यो हुरी डरायो

फूल जीवन खोज तिम्रै साथमा झरेर सुक्ला
On 6:20 PM by Arghelo Thapa in    No comments
पोटिला गाला चाहनाको भकारी यौन भित्रको

गरिब हामी तन बेचिरहेछौं भोलि सम्झेर

बिरामी दुख्छ डाक्टर छन् भोलिमा समय मौन

चिल्लो बतास उडिरहेछ छुँदै यादका फोका

सिकन्दर झैं संसार जित्ने लक्ष्य के दिन्छौ साथ?

भत्केछ घर सपनाको भारीले मनभित्रको

उम्रेका स्तन छोइदेला हावाले सम्हाली राख

फक्रेको बैँस दुई दिने हो केटी नछरिदेऊ

घाम डुबेछ जून रुने बेलामा ताराले हाँस्यो

स्वार्थी मानव हराएको जमाना कता भेटिन्छ
On 5:53 PM by Arghelo Thapa in    1 comment
अरे जिन्दगी
पुराइदेऊ अब सम्भोग चाह

गुलाबको फूल लाली तिम्रो चुम्बन बिम्बमा मोह

पोखियो मन बादलुको सपीप नबन झरी

ओ प्रियतमा फूल जस्तो जवानी आँखाको भ्रम

रोएछ फूल जवानीले भगायो भमरा सबै

कठै बालक आमाको मुख हेर्छ आमा जवानी

भुइँ झरेछ पारिजातको फूल अँध्यारो रोयो

आमा हाँस्छिन् जब बालक रुन्छ प्रकृति हेर्दै

फुलेको फूल कस्ले चुँडी लगेछ बिचरा माली

हावाको झोंक्का ठोक्किएछ स्तनमा लाज लजायो

Wednesday, March 12, 2014

On 9:50 PM by Arghelo Thapa in    No comments
जून रोएछ
तिमीलाई सम्झेर
मेरो साटोमा

कालो हावाले
लखेट्दैछ मलाई
भीरको बाटो


तिमीसँगै छन्
पिपलपाते ओंठ
म खोजुँ कहाँ


साँझ् परेपछि
अत्तालिन्छे बिचरी
कोठीमा केटी 


फोहोर पानी
पखालेर खा भन्ने
उर्दी जारी भो