लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।


  • हामी "बिनोद चौधरी धनी भयो… हामी सधै गरीब?" भन्ने सोंचबाट पीडित छौं । उसले सङ्घर्ष गर्‍यो । र मैले पनि गर्नुपर्छ भन्ने सोंच्दैनौं ।  
  • पटपटी फुटेका बा-आमाका खुट्टा देख्दा सधै घर बसूँ झैं लाग्छ । तर सपनाहरूको कुम्लो पारेर घर छोडेर कतै टाढा जानुपर्छ जिन्दगी बनाउने बाहनामा ।
  •  जब कुनै सम्बन्ध सुध्रनेवाला छैन भने आफूले एकोहोरो रुपमा सम्बन्धको डोरी कसिलो बनाउन खोज्नु मुर्खता हो। किनकि एउटा तारा झरेर आकाश खाली हुँदैन।
  • धर्मको नाममा बोल्नुको अर्थ त छैन । तर नेपाल हिन्दू राज्य हुने हो भने नेपाली नेपालीबीच धार्मिक सामीप्यता चैं पक्कै बढ्छ ।
  •  जातीय छुवाछुत मात्र हैन, जातीय कोटा प्रणाली पनि हट्नुपर्छ अबको संविधानमा । गरिब दलितजस्तै गरिब बाहुन/क्षेत्री पनि बस्छन् हाम्रो समाजमा ।
  • यसरी धार्मिक अपवाह फैलिंदै जाने हो भने एकदिन भगवानले अनुरोध गर्नेछन् - "हे मानव, तिमीहरूले मन्दिर, चर्च, मस्जिद सबै भत्काऊ र मेरो पूजा गर ।"
  • कहिलेकाहीं एक शब्द नै काफी हुन्छ एउटा पूरै अध्याय पूरा गर्न । सन्बन्ध जोड्न या छुटाउन । खुसी बन्न या दुखी हुन । केवल "एक शब्द" काफी हुन्छ ।
  • मान्छेहरू स्वार्थ पूरा नहुञ्जेल "आफ्ना" बन्छन् । जब आफूलाई फाइदा नहुने देख्छन्, बिस्तारै "पराइ" बन्छन् ।
  • यस्तो किन हुन्छ, कि कसैसँग साथमा हुँदा केही भन्न सकिँदैन तर जब कोही दूर चलिजान्छ । सोध्नुपर्ने कुरा धेरै हुन्छन् तर ऊ गइसकेको हुन्छ । 
  • यस्तो किन हुन्छ, कि भुल्न खोज्दा या टाढा हुन खोज्दा झन उसकै याद हुण्डरी बनेर आइदिन्छ। तर बुझ्नेले कुरा बुझिदिन्न। बरु उल्टो मुस्कुराइदिन्छ
  • यस्तो किन हुन्छ, कि तपाईं कसैलाई माया गरेर फोन गर्नुहुन्छ। उसले फोन काट्छ। तपाईलाई कहिल्यै फोन गर्दिन भन्ने लाग्छ। तर एकैछिनमा गर्नुहुन्छ। 
  • एक मजदुरले आफ्नो जीवनकालमा सयौं हजारौं घरहरू बनाउँछ। तर त्यही मजदुर शहरको कुनै घरमा भाडा लिएर बस्छ। दुखियाका सपनाहरू साँच्चिकै महङ्गा छन्।
  • सय जना अबुझ साथी बनाउनु भन्दा एकजना बुझ्ने (मन मिल्ने) साथी भैदिनु राम्रो । तर अति मिलनसार साथी पाउनु बगरमा हीरा पाउनुजस्तै रैछ ।
  • विदेश गएकाले "नेपालमै केही गर्न सकिन्छ । यता नआउनू।" भन्छन् । नेपालमा भएकाले "विदेश जा। नेपालमा बसेर काम छैन" भन्दिन्छन्। बुझ्नै गाह्रो। 
  • एक आम जनता भएर बाँच्नुको चरम आनन्द कुनै पार्टीको सिद्धान्त बोकेर हिँड्नुमा लाग्दैन । सायद मेरो "स्वतन्त्रता"को पर्याय यही हो । 
  • हिजो प्रेम गरेर भागी विवाह गरेकी एक युवती आज श्रीमान विदेश गएको सु-अवसरमा परपुरुषसँग गहिरो प्रेममा डुबेकी रैछिन् । रैछ, प्रेम 'गतिशील' रैछ ।
  •  यहाँ चोखो प्रेमहरू समाजबाट निकालिन्छन् । र प्रेम नगरिएका (जात, धर्म, गोत्र, स्तर आदि मिल्ने बाहनामा) सँग जबरजस्ती बिहे गर्न वाध्य बनाइन्छ ।
  • गाउँका केटाकेटीलाई कामको चापले "खेल्ने फुर्सद" हुँदैन । यता शहरका केटाकेटीलाई चाहेजति फुर्सद हुन्छ तर "खेल्ने ठाउँ" हुँदैन । बिडम्बना ।
  •  हे ईश्वर, हे जननी, हे जगत रचनाकार । सम्भव छ भने मान्छेलाई उड्न सक्ने बनाइदिनोस्। तपाईका गरिब सन्तानको पेट्रोलले चल्ने साधन किन्ने औकात भएन ।
  • जीवन यति धेरै सुख्खा पनि नभैदियोस् । रुन खोज्दा कमसेकम आँसु झरोस् ।
  • झरीमा रुझ्दै घाँस काट्न गएकी आमालाई बिचरा भन्दै अगेनाको छेउमा बसेर फेसबुक/ट्वीटरमा स्टाटस पोस्ट गर्ने शिक्षित वर्ग भएको समाज हो हाम्रो देश । 
  • जिन्दगी हावा भरिएको बेलुन जस्तै रहेछ । हावामै उडेर माथि माथि पुग्न खोज्ने तर जमिनमै झरेर प्याट्ट फुट्ने । सपना पनि ठ्याक्कै यस्तै । 
  • कसैलाई सयौं पटक सहयोग गर्नुस्। गुन लाग्दैन। तर एकपटक बैगुनी बन्नुस्। उसले जिन्दगीभर त्यही सम्झिराख्छ।
  • विदेशमा दुख गरेर खेती गर्छन्। उनीहरूको ज्यान लाग्छ। नेपालमा उस्तै दुख गरेर काम गर्दा पटपटी खुट्टा फुट्छन्। हाम्रो कृषि स्थिति कति परम्परागत!
  • जिन्दगी समस्याहरूको पहाड रहेछ । आफूसँग कुनै औजार नभए चढ्नै नसकिने ।
  • कोही कसले कहाँनिर गल्ती गर्छ र विरोध कसरी गर्ने भन्ने मात्र सोंच्छन् । सहयोग गर्न पछि हट्छन् । यसलाई प्रतिस्पर्धा मान्ने कि कमजोर मानसिकता ? 
  • जिन्दगीको बिहानीमा घामको पहिलो झुल्को देख्ने सपना बोकेर विदेश भासिने युवाको जीवनमा पैसाको उत्सब मनाउने श्रीमतीले झमक्कै साँझ पारिदिन्छे । 

0 comments:

Post a Comment